तुलसा ‘द भ्वाइस अफ किड्स’को भोटिङ राउण्डमा प्रवेश

पथरी, १५ साउन । पथरी शनिश्चरे २ देवीगञ्ज घर भएकी तुलसा थापा ‘द भ्वाइस अफ किड्स’को लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गर्नुभएको छ ।

नगरको एभरेष्ट माविमा कक्षा-७ मा अध्ययनरत छात्रा थापाले पछिल्लो प्रस्तुतिका रुपमा ‘राई माइलाले गाउ छाड्यो रे‘ बोलको गीतमा प्रभावकारी प्रस्तुति दिनु भयो । अबको राउन्ड पार गर्न दर्शकको भोट आवश्यक रहन्छ ।

ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो’ गीत प्रस्तुत गर्नुभएको थियो । त्यो भन्दा अघि ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गर्नु भयो । उहाँले ब्लाइन्ड अडिसनमा कोचहरु प्रमोद खरेल, मिलन नेवार, मेलिना राई र छेवाङ लामालाई प्रभावित पार्दै चेयर घुमाउन बाध्य बनाउन सफल हुनु भएको थियो ।

 

तुलसालाई जिताउन खल्ती एप मार्फत् भोट गर्न सकिने विद्यालयका तर्फबाट संगीत शिक्षक अर्जुन सेञ्चुरीले अपिल गर्नुभएको छ । यस्तैगरी उहाँकी आमा देवी थापाले पनि तुलसालाई विजयी गराउन सबै सामु अनुरोध गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु