जनतासँग जनप्रतिनिधि

दमक ३ को विकासमा जनताको चासो, थप व्यवस्थित गर्ने वडाध्यक्षको प्रतिवद्धता

दमक, १७ साउन / दमक नगरको ग्रामिण वडाका रुपमा रहेको ३ नम्बर वडामा भएका विकास निर्माणका साथै वडाको सेवा प्रवाहका बारेमा वडावासीले उज्जालो खबरमार्फत आकांक्षा, जिज्ञासा, प्रश्न र सुझाव राखेका छन् ।

 

 

उज्यालो खबरको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममा वडावासीको आकांक्षा, जिज्ञासा, प्रश्न र सुझावका आवाजलाई सो वडाका अध्यक्ष नवीन बरालसम्म पुर्‍याएर ती विषयमा बरालसँग बुधबार स्टुडियोमा कुराकानी गरिएको छ ।

 

स्थानीय चुडामणि पोखरेलले विद्यालयमा दिवा खाजाको रकम बृद्धि, विपन्न विद्यार्थीलाई लाभ हुने अपेक्षा सहितको जिज्ञासा राख्नुभएको थियो । सीता कार्कीले फोहोरको व्यवस्थापन र कच्ची सडकमा धुलो उडेको समस्या, शन्तमुल राईले बिजुलीको भोल्टेज कम, जंगली हात्तीको समस्या, खानेपानीको समस्याका विषयमा प्रश्न राख्नु भएको थियो । जीना धिमालले सडक बत्ती नभएका कारण हात्ती आएको नदेखिदाको त्रास उल्लेख गर्नुभयो ।
शारदा कट्टेलले खानेपानी अपुग भएको, बाटो सानो भएको, सिंचाईको अभाव भएको विषय उठान गर्नुभयो ।
भीम दाहालले आम चोकमा रहेको स्वास्थ्य चौकीको भवन जिणर् भएको निःशुल्क तोकिएका औषधीको अभाव भएको उल्लेख गर्दै त्यहाँ पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको आवाज उठाउनु भयो ।
मीना भट्टराईले सिताराम टोलमा र बौद्ध भण्डारीले उज्जालो टोलमा रहेको सडकमा अत्याधिक धुलो उड्ने भएकाले त्यसले स्वास्थ्यमा समस्या पर्न थालेको समस्या राख्नुभयो ।

 

सूर्य टोलमा सडक बनेपनि ड्रेन नभएको तथा त्यहाँको फोहोर व्यवस्थापनको काम नभएको भन्ने कुरा राजु दर्नालले राख्नुभयो ।
बन्दना राईले मावा नदीले कटान गरिरहेकाले कटान नियन्त्रणमा पहल गर्नुपर्ने स्थानीय समस्या वडाध्यक्षसम्म पुर्‍याइदिन आग्रह गर्नुभयो ।

 

वडावासीको आकांक्षा, जिज्ञासा, प्रश्न र सुझाव सुनिसकेपछि वडाध्यक्ष बरालले सडक, विजुली, खानेपानी, स्वास्थ्य, शिक्षा सहितका समस्या समाधानमा वडाको बजेटले गर्न सक्ने अवस्थामा प्रयास गर्ने र त्यसबाहेक नगर र माथिल्लो निकायमा माग राख्ने बताउनु भयो । हात्ती पीडितलाई वडाले ७ हजार रुपैयाँसम्म प्रदान गर्ने गरेको जनाउँदै हात्तीलाई रोक्न कठिनाई भएको र त्यसका लागि हात्तीमैत्री व्यवहार सहित सचेतनाको आवश्यकता रहने जवाफ दिनुभयो । हात्ती भगाउन साइरन समेत वितरण गरिएको जनाउनु भयो । वडावासीको सल्लाह र सुझाव अनुसार नै वडाको विकासलाई कसरी अगाडि बढाउने भन्ने कुरामा आफू सचेत रहेको पनि प्रष्ट्याउनु भयो । वडामा रहेका सेवालाई थप चुस्त पार्ने कुरामा आफ्नो अझै सक्रियता रहने पनि प्रतिवद्धता जनाउनु भयो । अब सुनौं भिडियोमा ः

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको