आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाको तर्फबाट ‌ आवश्यक प्रक्रिया पूरा गरी अव्यवस्थित बसोबासी सात (७) परिवारलाई ‌ कुल १-४-५ बिघा जग्गाको स्वामित्व को लालपुर्जा वितरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङ को अध्यक्षतामा सम्पन्न ‌ लालपुर्जा वितरण कार्यक्रमको प्रमुख आतिथ्यता ‌ झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी ‌ तथा भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवण कुमार पोखरेलले गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी ‌ श्रवणकुमार पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा ६२,०००‌ भन्दा बढी ‌ भूमिहीन दलित , भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिनुभएको छ। ‌ भूमिहीन दलित तर्फ २,८९३ जनाले निवेदन दिनुभएको छ भने ‌ भूमिहीन सुकुम्बासीतर्फ १५,७ २८ जनाले निवेदन दिनुभएको छ। ‌।

अव्यवस्थित बसोबासीतर्फ ‌ झन् ठूलो संख्यामा ‌ ४१, ६६६ जनाले निवेदन दिनुभएको स्थिति छ।

जिल्लाका सबै १५ वटा स्थानीय तहको नेतृत्वमा सक्रियताका साथ ‌छानबिन भइरहेको ‌ जनाउँदै ‌ प्रचलित कानुन बमोजिम मिल्ने ‌ निवेदनकर्ताहरूलाई ‌ समितिको क्षमताको आधारमा ‌ उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने ‌ प्रमुख जिल्ला अधिकारी तथा ‌ भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवण कुमार पोखरेलले ‌ बताउनुभएको छ।

आज लालपुर्जा पाउने अव्यवस्थित बसोबासीहरूमा अर्जुनधारा ११ का सुनिता बिक समेत , रेणुका देवी दर्जी , राहन सिंह याखा , सरिता दर्जी ‌, बसन्त कुमार तामाङ , मुशान सुब्बा र रत्नबहादुर इङ्नाम गरी सात परिवार रहेकाछन्। उल्लेखित सात परिवारलाई ‌८,२२४ वर्गमिटर ‌ जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा