नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता अनुसार उनी महर्षि कात्यायनकी पुत्री हुन् ।

पौराणिक कथाअनुसार कत नामक महर्षिबाट उत्पन्न कात्याय ऋषिले भगवती दुर्गालाई आफ्नी पुत्रीको रूपमा प्राप्त गर्न वर्षौंसम्म कठोर तपस्या गरेका थिए। ऋषिको तपस्याबाट प्रसन्न भई देवीले तिनै महर्षि कात्यायनको पुत्रीको रूपमा जन्म लिइन्। यसै कारण उनको नाम ‘कात्यायनी’ रहन गएको हो। देवगणलाई महिषासुर नामक दानवको अत्याचारबाट मुक्त गर्न देवी कात्यायनीले सिंहमा सवार भई विभिन्न शस्त्र अस्त्रसहित प्रकट भएर उसका सेनापतिहरू र अन्त्यमा महिषासुरको वध गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

 

माता कात्यायनीलाई साहस, शक्ति, धर्मको रक्षा र अन्यायमाथि विजय प्राप्त गर्ने देवीका रूपमा श्रद्धापूर्वक पुजिन्छ। धार्मिक विश्वासअनुसार उनको आराधनाले भक्तहरूमा आत्मबल, धैर्य र सङ्कल्प शक्तिमा वृद्धि हुन्छ। जीवनका बाधा(अवरोधहरू हटेर जाने र पारिवारिक सुख(शान्ति तथा कार्यसफलता प्राप्त हुने जनविश्वास छ।

माता कात्यायनीको दिव्य रूप अत्यन्तै तेजोमय मानिन्छ। उनको चार हात रहेका छन्, जसमध्ये दाहिनेतर्फको माथिल्लो हातमा अभयमुद्रा र तल्लो हातमा वरमुद्रा तथा बायाँतर्फको माथिल्लो हातमा तरवार र तल्लो हातमा कमलको फूल सुशोभित छ। उनको वाहन सिंह हो।

नवरात्रको छैटौँ दिन विशेष विधिपूर्वक माता कात्यायनीको मन्त्र जप, ध्यान र पूजा गरिन्छ। उनको उपासनाले अविवाहित कन्याहरूले मनोवाञ्छित वर प्राप्त गर्ने धार्मिक मान्यता पनि रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको