नगरपालिका र चाम्लिङबीच निरन्तर बाटो विवाद

दमक ७ मा चल्यो डोजर, दलबल सहित नगरले यहाँ के बनायो ? के भत्कायो ?

दमक, १८ साउन / जहाँ एकजना महिला आफ्नो भनिएको जग्गामा एकाएक नगरपालिकाले डोजर लगाएर बाटो बनाउन लागेको भन्दै त्यसको प्रतिकार गर्न डोजर माथीनै चढेर हारगुहार मागिरहनु भएको छ ।

 

यसपछि यहाँ नगर प्रहरीले यी महिलालाई सो डोजरबाट हटाएको दृष्य देखिन्छ । यसपछि ती महिलाका श्रीमान हातपात नगर्नुस है भन्दै फेरि डोजरमै चढेको दृष्य देखिन्छ । सँगै उहाँकी श्रीमतीलाई प्रहरीले भूँईमा लछार पछार पारेको दृष्य पनि यही भिडियोमा देख्न सकिन्छ ।

 

यो हो दमक नगरपालिका वडा नम्बर ७ स्थित गोसलाइनको दक्षिणतर्फको स्थल । यहाँ प्रविण चाम्लिङले १५ वर्ष अघि खरिद गरेर भोग्दै आउनु भएको जमिनमा नगरपालिकाले बाटो निकाल्न आँटेपछिको विवाद हो । दुई कट्ठा जमिनमा चाम्लिङले कुनैपनि बाली नलगाई जमिन बाँझै भएपछि त्यसैबेलादेखि यहाँका स्थानीयवासी हिँड्दैजाँदा यहाँ गोरेटो बाटो बन्नपुगेको थियो । यही गोरेटो बाटोलाई नक्सामै सडक बनाइ नयाँ सडक निकालिदिन यहाँका केही स्थानीयबासीले नगरपालिकामा निवेदन आलेपछि सो निवेदनका आधारमा नगरपालिकाले यहाँ बाटो रहेको भन्दै बाटो निकाल्न आएको हो ।

 

तर चाम्लिङ नगरपालिकाको यो निणर्य र फैसालामा चित्त नबुझेको भन्दै चन्द्रगढीस्थित पुनरावेदन अदालतमा गएर नगरपालिका विरुद्धमा रिट हाल्नु भएको छ । सो रिटबारेमा अहिलेसम्म अदालतले फैसला गरिसकेको छैन । तर मुद्धा विचाराधीन रहेकै अवस्थामा नगरपालिका यहाँ डोजर लिएर निजी जमिनमा बाटो बनाउन आएपछि प्रहरी, जनप्रतिनिधि र केही स्थानीयबीच घम्साघम्सी भएको हो । यही भिडमा चाम्लिङ भनिरहनु भएको छ ‘अदालतको आदेश छ ? बाटो निकाल्नु भनेको कागज छ ?’ भन्दै प्रशासन तथा नगरपालिकालाई प्रश्न गरिरहनु भएको छ ।

 

चाम्लिङको यो प्रश्नको कुनैपनि प्रवाह नगरी इलाका प्रहरी कार्यालयका प्रहरीहरु र नगर प्रहरीको टिमले नगरपालिकाका प्रमुख रामकुमार थापाको निर्देशन अनुसार यहाँ बाटो बनाउने काम रोकेन । बाटो निर्माण गर्न आवश्यक पर्ने सामग्री लिएरै आएको नगरपालिकाको टिमले बाटो निकालेरै गयो ।
अहिले यहाँ धान रोपिरहेको जग्गामा नगरपालिकाको टोली आएर सर्वसाधारण हिड्न मिल्नेगरिको बाटो निर्माण गर्यो । तर यहाँ विगतमा कत्रो बाटो थियो भन्ने समेत उजुरी पत्रमा उल्लेख नभएको र यहाँ बाटो थियो अरे भनेको भरमा नगरपालिकाले बल मिच्याई गरेर बाटो बनाएको भन्दै चाम्लिङले निरन्तर आक्रोश पोखिनै रहनु भयो ।

 

 

यही भिडदेखि केही अलग भएर नयाँ बाटो खुलाउन आउनु भएकी दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले यहाँ चलनचल्तीको २० फुटे बाटो रहेको साविकको नक्सामा समेत देखिएको र सो बाटोबाट झण्डै ३० वटा जति घर घडेरी असरग्रस्त भएकोले विधिपूर्वक सबै प्रकृया पुर्याएर सप्रमाणनै बाटो निकाल्न आएको प्रतिकृया दिनु भएको छ ।

 

तर नगरपालिकाले गरेको यो फैसला र निणर्यबाट आफु पीडित बनेको भन्दै चाम्लिङले २०८१ जेठ ३० गते झापा जिल्ला अदालतमा रिट दायर गर्नु भएको छ । उहाँलाई यही साउन २१ गते तारेखमा आउन भनेर अदालतले बोलाएको भएपनि त्यस अघिनै नगरपालिकाले यहाँ आएर आफ्नो जमिनबाट बाटो निकालेकोमा चाम्लिङले खेद प्रकट गर्नु भएको छ ।

 

यद्यपि यहाँ दमक नगरपालिकाले ढुंगा गिट्टी तत्काल हालेर २० फूटको बाटो भनें बनाएरै फर्केको छ । अव साउन २१ गतेको तारेख र जिल्ला अदालतले यो बाटो भत्काउन वा बाटोमै कायम गर्न, कस्तो आदेश दिन्छ त्यो भने हेर्न बाँकीनै छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको