उज्यालो शिक्षा

साइन्स र आइटीले स्वरोजगार बनाउन मद्धत गरेको छ – मोडल क्याम्पस

दमक, २४ साउन /  कक्षा १२ को परीक्षाफल प्रकाशनपछि अव स्नातकतह पढ्न विद्यार्थीहरुले योजना बनाइरहेका छन् । स्नातक तह पढ्दा अव आफ्नो भविष्य कुन विषय र कहाँ पढ्दा सुनिश्चित हुन्छ भन्ने गरी विद्यार्थीहरुले योजना बनाउने गर्दछन् ।

 

त्यसैले जीवनको महत्वपूणर् अवसर खोज्न चुनौति मोल्दै विद्यार्थीहरु विषय छानिरहेका छन् । पढ्ने क्षेत्र र ठाउँको निक्र्यौल गरिरहेका छन् ।
तर अझैपनि आफुमा के क्षमता छ र त्यो क्षमतालाई थप परिस्कृत गर्दै जीवनमा अघि बढ्ने भन्दा पनि मेरो साथी के पढ्दैछ र कहाँ जादैछ भन्ने कुराकै आाधारमा यसपछिको अध्ययन यात्रा तय गर्ने विद्यार्थीहरु पनि छन् । अनि अर्कातर्फ, १२ सकेर पनि नेपालमै बस्नु र ? नेपालमा पनि पढेर भविष्य बन्छ त भन्ने भाष्य पनि निर्माण गरिएको छ । जसले नेपालका युवा जनशक्तिलाई विदेश पलायन हुन प्रोत्साहन गरिनैरहेको छ । के उसो हो भने यही बसेर पढ्दैमा विद्यार्थीको भविष्य नै बन्दैन त ? काम गर्न स्वरोजगार बन्न वा एक असल नागरिक बन्नेगरिकोे नेपालको शिक्षा छैन ? यो प्रश्न सुन्दा सामान्य तर निकै जटिल छ ।

 

 

त्यसैले उज्यालो खबरको ‘उज्यालो शिक्षा’मा हामीले खास गरी दमकमा स्नातक तह पढाइरहेका क्याम्पसहरुमा पुगेर त्यहाँका जिम्मेवार पक्षसँग प्रश्न गरेका छौ, ‘तपाईहरुको सिकाई र पढाईकोे पद्धतिप्रति विद्यार्र्थीहरुमा वितृष्णा बढेको हो त ?

 

दमकमा निजी क्षेत्रको कलेज मध्ये पुरानो कलेजको रुपमा स्थापित मोडल कलेजले कक्षा १२ सकेका विद्यार्थीलाई रोक्न पढिरहेको विषयमा कहाँ कहाँ कस्तो भविष्य छ भन्नेबारेको जानकारी दिने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । विदेश पढ्न जानु नराम्रो त होइन, तर पढेर उतै पलायन हुनु चाँही घातक रहेको भन्दै मोडल कलेजले विद्यार्थीलाई पढिसकेछि रोजगार र स्वरोजगारमा जोड्न कस्ता कार्यक्रम ल्याएको छ त ? कलेजका सञ्चालक सुवास बुढाथोकीले साइन्समा बढावा दिइएको अवस्थाले यहीँ रोजगार बन्ने अवस्था सिर्जना गरेको जनाउनु भयो । आइटीमा अझ बढी जनशक्ति स्थानीयस्तरमा रोजगारको अवसर पाउने गरेको बताउनु भयो । लोकसेवा आयोगमा पनि विद्यार्थी उत्तीणर् हुने गरेको संख्या राम्रै रहेको उहाँको भनाई छ ।

 

करियर विल्डिङ काउन्सिलिङ कोर्ष सञ्चालन गरेर विद्यार्थीलाई पढाईले सिर्जना गर्ने रोजगारीको सम्भावना बताएको प्रष्ट्याउनु भयो ।
हुन त यो राष्ट्रिय समस्या हो । राज्यले नै रोक्न नसकेको विद्यार्थीको भिड सिमित क्याम्पसहरुको प्रयासले मात्रै कति थेगिन्थ्यो होला र ? त्यसैले राज्यले नेपालमा पढेर नेपालमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुराको प्रत्याभूति नगराएसम्म अझै १० वर्ष यहाँका सक्षम र उत्पादनमुखी यूवा जनशक्ति विदेश पलायन भइनैरहने शिक्षा विश्लेषकहरुको विश्लेषण छ । चाहे त्यो काम गर्न होस वा पढ्ने बाहनामा । देश छोडेर विदेश जानेको यो लहडको भेल अझै बढिरहने छ । जतिबेलासम्म राज्यले स्वदेशमै रोजगार सिर्जना नगरी रेमिट्यान्सलाई आफ्नो प्रमुख आम्दानीको श्रोत मानिरहन्छ त्यतिबेलासम्म स्थिती यस्तै यस्तै रहन्छ ।

https://fb.watch/tQ9Fvq9_Cq/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,