रेष्टुरेण्टको टेवलमै मास, भट्मास, गहत र दाल, रविको अर्गानिक स्वाद दमकमा चखाउन थालियो

दमक, भदौ १३/
रेष्टुरेण्ट सानो होस् वा ठूलो । तपाई हामीले जहाँ बसेर खाएपनि त्यो सफा हुनुपर्छ । अलि ठूलो रेष्टुरेण्डको टेवलमा बरु हात पुछ्ने टावेल राखिएको हुन्छ । बसेर खाँदा तपाईको कपडामा फोहोर लाग्न सक्ने भन्दै सुरक्षाकालागि अन्य विकल्पहरु टेवलमै राखिएका हुन्छन् । या त टेवलमा बिभिन्न खानेकुराका फोटोहरु टाँसिएका पनि हुन सक्छन् । अथवा जति सक्दो सादा बनायो त्यतिनै स्मार्ट र आकर्षक बन्ने भनेर सादा र सफा टेवलमा तपाईले खाना वा खाजा खादै आउनु भएको पनि हुनसक्ला ।

तर झापाको दमक ६ स्थित घिमिरे मार्केटमा एउटा नयाँ रेष्टुरेण्ड खुलेको छ । जहाँ अन्य रेष्टुरेण्टमा सरदर रुपमा राखिने बस्तु टेवलमा देखिदैन । त्यहाँ त तपाई हामीले दैनिक सेवन गर्ने मासको दाल, भटमास, गहत तथा अन्य गाउँका विभिन्न दलहन उत्पादनहरु राखिन्छ  । यो अन्य रेष्टुरेण्टको भन्दा फरकखाले प्रस्तुतिले सजिएको छ, जसले ग्राहकलाई आकर्षक बनाउन मद्यत पुग्ने यसका सञ्चालकको विश्वास छ ।

शहरमा बसेर पनि गाउँ सम्झन सकियोस् भनेर यहाँ मेन्यूमा कोदोको ढिडो, कोदो र फापरको रोटी, मकैको च्याख्ला र अन्य गाउँले उत्पादनहरुलाई प्राथमिकतामा राखिएको छ । खाजामा कोदो र फापरको रोटी, साथमा गुन्द्रुकको अचार अनि एक ग्लास मोहि पनि दिइन्छ ।

खानाको परिकार मात्रै नभएर रेष्टुरेण्ड छिर्ने बित्तिकै गाउँको तिर्सना मेटाउने कृषिसँग सम्बन्धित विभिन्न औजारहरु सजाएर राखिएको छ ।
रेष्टुरेण्टकी सञ्चालिका कविता राई इलामबाट विवाह भएर पाँचथरको रवि पुग्नु भयो । रविको खानाको स्वाद अझ स्वादिलो लागेपछि यो स्वाद चखाउन उहाँले दमकमै रविमा उत्पादन हुने विभिन्न सामग्रीको बिक्री गर्दै आउनु भएको थियो ।

 

अहिले भने उहाँले तीनै सामग्रीलाई गाउँले पारामा पकाएर ग्र्राहकको जिब्रोसम्म अर्गानिक स्वाद पुर्याउने योजनामा रवि अर्गानिक भान्सा घर सञ्चालनमा ल्याउनु भएको छ ।

 

५० लाख रुपैँयाको लगानीमा सञ्चालनमा ल्याइएको यो रेष्टुरेण्टको बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्धघाटन गरिएको छ ।

नेपाल उद्योग वाणीज्य महासघंका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा होटल व्यवसायी सघं कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, दमक उद्योग वाणिज्य संघका विभिन्न पदाधिकारी, होटल व्यवसायी संघ दमकका बिभिन्न पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

 

आर्थिक मन्दीले व्यवसाय मारमा परेको विषम परिस्थितीमा समेत नयाँ रेष्टुरेण्ट खुल्नुले आर्थिक गतिविधिमा केही न केही सुधार आउँदै रहेछ है भन्ने कुराको संकेत गरेको भन्दै सबै अतिथीहरुले रवि अर्गानिक भान्सा घरको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,