प्रकाशलाई ०९-०२-८१-००३५७ नम्बरको नागरिकता

‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका

अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

 

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९-०२-८१-००३५७ नम्बरको नागरिकता दिएका छन् ।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमता/योग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ ।

‘चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान चलाएका पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो । प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

भर्खरै नागरिकता लिएका प्रकाश काठमाडौंको लागि बाटो लागिसकेको र यहाँ आइपुग्नासाथ प्रधानमन्त्रीलाई भेट्ने तय भएको पत्रकार राईले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,