उज्यालो संवाद

०८४ मा माओवादी झापामा एक्लै चुनावमा लड्ने ः अध्यक्ष अग्नी

दमक, ७ असोज ।  नेकपा माओवादी केन्द्रका झापा अध्यक्ष राजु आचार्य अग्नीले अबको निर्वाचनमा जिल्लामा माओवादी एक्लै निर्वाचनमा जाने बताउनु भएको छ ।

 

उज्यालो खबरसँगको उज्यालो संवादमा उहाँको ०८४ को निर्वाचनमा अरु कुनै पार्टीसँग समीकरण नगरी माओवादी एक्लै लड्ने र जित्ने समेत दाबी गर्नुभयो । ‘स्थानीय तहमा आउँदा पार्टीमा मोर्चावन्दी गरेर चुनाव लड्नुको अर्थ छैन, संगठनलाई नै असर पार्छ ।’

 

पार्टीका कोशी प्रदेश कमिटी सदस्य समेत रहनु भएका उहाँले अरुसँग समीकरण गर्नुले पार्टीमा असहज हुने उल्लेख गर्दै पछिल्लो समयको तीन महिने पार्टी सुदृढीकरण कार्यक्रमले झापामा पार्टीलाई दर्बिलो बनाएको बताउनु भयो ।

 

मानिसका आकांक्षा पनि धेरै भए अनि शान्ति सम्झौतामा आएपछि संसदीय राज्य प्रणालीबाट दलहरुका गतिविधि फितलो भएको उल्लेख गर्नुभयो । पार्टीहरु सुध्रिनु पर्ने अवस्था रहेको उल्लेख गर्दै माओवादीका कमि कमजोरीलाई पनि सुधार्दै जानु पर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको