दमक, ९ असोज ÷
दमकको मुख्य बजार क्षेत्र । देवकोटा चोकदेखि पूर्वपट्टी । एन आइसी एसिया बैंक भएको अगाडिको ठाउँ । खुला स्थान छ । मुख्य सडकबाटै हेर्दा प्रष्टै देखिने गरी सोमबारबाट यहाँ खुलेको छ श्वर्मा स्टेसन ।
जहाँ पाइन्छ चिकेनका खास परिकार । त्यो पनि ग्रिल्ड गरेको । हड्डी रहित चिकेनलाई फलामको रडमा ग्रिल्ड गरेर ओभनमा राखिन्छ । अनि मासुको थुप्रोबाट चक्कुले काट्दै त्यसको पत्र पत्र निकालेर रोलमा बेरी स्वाद लिएर यसको परिकार खान पाइन्छ ।
दमकमा यस तरिकाले चिकेनका परिकार बेच्न पहिलो पटक दिपक बजगाई, दिपेश दाहाल र रोशन ढकालले स्वर्मा स्टेशन सञ्चालनमा ल्याउनु भएको हो । उहाँहरु भन्नुहुन्छ ‘हामीले दमकमा विदेशतिर पनि अरेवियन मुलुकमा प्रचलनमा रहेको यसखाले ग्रिल्डसहितको फरकपनको परिकारको स्वाद चखाउने प्रयास छ ।’
भित्र बसेर खाने त भइहाल्यो, खुला ठाउँमा बसेर खान चाहनेलाई त्यहीखाले सुविधा छ । खासगरी फरक स्वादका परिकार यहाँ पाइने भएकोले त्यहाँ सेवाग्राहीहरु पनि सन्तुष्ट देखिन थालेका छन् र आफ्ना साथीहरुलाई पनि यहाँ आउन अनुरोध गरिरहेका छन् ।
शर्मा स्टेसनले आफ्नो चिकेन परिकारहरूको मिठो स्वादसँगै यसको गुणस्तर र नियमित ग्राहक सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएर पसल थालिएको छ । यहाँका चर्चित परिकारहरूमा ग्रिल्ड चिकेन, टिक्का मसला, बटर चिकेन, अनि थुप्रै प्रकारका स्पाइसी तथा मसालेदार चिकेन परिकारहरू रहेका छन् ।










