‘पेजर आक्रमक रहस्यमय, नेपाल समेत सतर्क रहनु पर्ने’

दमक, ९ असोज ।

विज्ञान प्रविधिले धेरै असुरक्षा दिन थालेको विषयमा विश्व चिन्ताग्रस्त बन्दै गइरहेको छ । विज्ञानको त्यस्तै प्रविधिमध्ये लेवनानमा पेजर विष्फोटले विश्वलाई सूचना प्रविधिको माध्यमबाट आतंकति बनाइरहेको छ ।

 

यस सन्दर्भमा प्रविधिसँग नजिक रहेर त्यसबारेको समेत विश्लेषण गर्दै आउनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले त्यसलाई राजनीतिसँग जोडेर यसबाट विश्व आतंकित बनाउन सक्नेतर्फ सचेत रहन आफ्नो ‘भ्लग’मा उल्लेख गर्नुभएको छ । सो सामग्री उहाँले ‘उज्यालो खबर’लाई समेत प्रदान गर्नु भएको छ ।

 

 

‘लेवनानमा भएको पेजर आक्रमण सामान्य होइन, नेपालसम्मलाई यसले प्रभाव पार्दै जाने खतरा बढेको छ ।’– उहाँले भन्नुभयो । भ्वाइसकल गर्न नमिल्ने तर म्यासेजमात्र गर्न पाइने प्रविधि हो पेजर । सुरक्षित मानेर लेननानमा हिजबुल्ला समूहले आफ्ना सदस्यलाई पेजर बाँढेको अवस्था थियो । फोन चलाउँदा इजराययले त्यो ट्रयाक गर्न सक्छ भनेर सुरक्षित मानेर पेजर सञ्चालन भएको अवस्थामा त्यहाँ हिजबुल्लासहित हजारौं मानिसले बोकेको पेजर एकैचोटी विष्फोट गराइएर रहस्यमय आतंक सिर्जना भएको छ ।

 

युद्ध गर्ने तरिका फेरिदै गएको छ । सूचना प्रविधिको माध्यमबाट भौतिक रुपमै आक्रमण गर्न सकिने अवस्थाले युद्ध र हिंसाको विश्व नयाँ युगमा प्रवेश गरेको थापाको ठहर छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,