बाढीको वितण्डा

झापामा हराएका तीन जना अझै भेटिएनन्, २४० परिवारलाई सुरक्षित स्थानमा सारियो

दमक, असोज १२
तीन दिनदेखि निरन्तर भएको वर्षाका कारण झापाका नदी र खोलाको तटीय क्षेत्रमा जोखिम कायमै छ । बाढीमा बगेका तीन जना अझै नभेटिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्कोटाले बताउनु भयो ।

 

उहाँले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो ‘अहिले तटीय क्षेत्रमा जोखिम उस्तै छ । कहीँ कहीँ पानीको सहत घट्न थालेको छ भने कँही घटेको छैन । हामीले निरन्तर सुरक्षित ठाउँमा बस्न अनुरोध गरिरहेका छौ ।’

उहाँका अनुसार झापामा अहिलेसम्म बाढीका कारण तीनजना वेपत्ताकै अवस्थामा रहेका छन् ।
२४० परिवारलाई सुरक्षीत स्थानमा सारियो

बाढीका कारण विस्थापित भएका २४० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका-६ भन्द्रबस्तीका ५० घर, भद्रपुर-३ स्थित नयाँ बस्तीमा ३० घर, बाह्रदशी गाउँपालिका-२ स्थित सुकुम्वासी बस्तीमा २४ घर परिवार विस्थापित भएका छन् । भद्रपुर-५ गैरीगाँउमा मेची खोला पस्दा २० घर, शिवसताक्षी नगरपालिका-१० बिहानी टोलमा कनकाई नदीले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको जनाइएको छ ।

शिवसताक्षी-७ मा एक घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
बिर्तामोड-५ र बिर्तामोड-४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड-८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता, कनकाई नगरपालिका ३ झर्ना बस्तीमा शन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर ,बिर्तामोड-३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घरपरिवार विस्थापित छन् ।  हल्दिबारी गाउँपालिका-२ खर्साङचोकमा १३ घरपरिवार, भद्रपुर-६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर, झापा गाउँपालिका-६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर परिवार पनि उसैगरी विस्थापित भए ।

साथै गौरीगञ्ज गाउँपालिका-१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घर भद्रपुर-४ मेची गाउँमा डुबानले ६ घर, कचनकवल गाउँपालिका-७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएपछि उनीहरुलाई नजिकैका सुरक्षित स्थानमा सारिएको छ ।

सबैलाई अहिले प्राथमिक आवश्यकताहरु स्थानीय वडा कार्यालयहरुले पुरा गरिरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाको भनाई छ ।

अन्य आवश्यकीय सामग्री चाहिएमा जिल्लाको विपद् व्यवस्थान समिति पनि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,