पथरी शनिश्चरे १० वर्षपछि नगरपालिका कार्यालय भवनको जग्गाको पहलमा

पथरी , १३ असोज/  नगरपालिका बनेको १० वर्ष वितिसक्दा पनि कार्यालय भवन निर्माणको टुंगो लाग्न नसकि समस्या व्यहोर्दै आएकोमा बल्ल यो बेला पथरी शनिश्चरेमा भवन निर्माणस्थलका लागि जग्गा प्राप्तिको पहल अघि बढेर अन्तिम चरणमा पुगेको छ ।

 

 

नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उज्यालो खबरको ‘उज्यालो संवाद’ कार्यक्रममा बोल्दै अदालतले तोकेको वडा नम्बर १० को भुटानी शरणार्थी शिविर क्षेत्रमा कार्यालय बनाउन सरकारसँग जग्गा माग गरिएको जनाउनु भयो । कार्यालयका लागि शिविरको सशस्त्र प्रहरी कार्यालय पश्चिम दक्षिणतर्फ मागिएको डेढ विगाह जग्गाको योजना राष्ट्रिय योजना आयोगको बैंकमा परेको तथा त्यो निणर्य मन्त्रालय पुगेको बताउनु भयो । ‘हामीलाई लाग्छ, मन्त्रालयबाट अब चाँडै यो निणर्य भएर आउँछ । अनि भवन निर्माणको प्रक्रिया अघि बढाइन्छ ।’- आशाप्रद रुपमा उहाँले भन्नुभयो ।

 

०७१ सालमा साविक पथरी र शनिश्चरे गाविस मिलेर नगरपालिका बन्यो । त्यसपछि ०७३ मा हसन्दह गाविस समेत गाभियो । नगरपालिका बनाउने पहिलो चरणको सर्वदलीय छलफलमा तात्कालिन शनिश्चरे गाविसको वडा नम्बर १ स्थित शिविर क्षेत्रमा नगरको केन्द्र बनाउने भनेर निणर्य भएको थियो । सोही अनुरुप मन्त्रालयले केन्द्र त्यहीँ तोकेर पठायो । तर त्यहाँ वनको जग्गा नै जनिइरहेको अवस्थामा नगरपालिकाको स्वामित्वमा जग्गा नहुँदा केन्द्रका विषयमा विवाद बढ्यो । साविक गाविसको अस्तित्वको लडाईंका रुपमा त्यो विषयले झनै समस्या बल्झायो । हुँदै जाँदा शनिश्चरे क्षेत्रबाट केन्द्र कार्यान्वयनका लागि अदालतमा मुद्धा पर्यो । अदालतले पनि सोही ठाउँलाई केन्द्र मानिने भन्दै फैसला गरेपछि बाध्य भएर नगरपालिकाको दोस्रो कार्यकालको यो समिति त्यहाँको जग्गा प्राप्तिको प्रक्रियामा अघि बढ्न पुग्यो ।

 

 

पथरी शनिश्चरे १० स्थित जिरिखिम्तीमा पूर्वपश्चिम मुख्य सडक क्षेत्रको नक्सा र यथार्थमा सडक फरक परेकाले त्यसको समाधान गरिनु पर्ने माग अघि सारिएको प्रसंग पनि नगर प्रमुख तुम्बापोले ‘उज्यालो संवाद’मा उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुनुवाई समितिसँग सो सम्बन्धि कुरा राखिएको छ । हाल सडक स्तरोन्नति परियोजना, राजनीतिक दल, मालपोत कार्यालयसहितका प्रतिनिधिसँग छलफल गर्दा सडक विभागमार्फत नक्सा सच्याउन पहल हुने विषय अघि बढाइएको जानकारी दिनु भयो । कति जग्गा नक्साभन्दा तलमाथि भएको छ भन्ने यकिन गर्न नापजाँच गरिने पनि उल्लेख गर्नुभयो । सो विषय सुनुवाई समितिमा छलफल भएर समाधानोन्मुख नहुन्जेल पथरी खोलादेखि पश्चिम र मोरङ्गी खोला पूर्वको क्षेत्रमा सडक स्तरोन्नतिको काम अघि नबढाउने भनिएको पनि उहाँले जनाउनु भएको छ । जिरिखिम्तीको सडक क्षेत्रको मध्यभागबाट पश्चिमी क्षेत्रतर्फ सो समस्या रहेको छ । त्यहाँ सडकको नक्सा दक्षिणतर्फ रहेको र सडक भनें उत्तरतर्फ बनाइएको छ । त्यसो हुँदा १ दर्जन परिवारको जग्गा सडकको नक्सामा परेकाले वर्षौंदेखि बेचविखनमा समस्या हुँदै आएको छ ।

 

 

भौतिक तथा मानव संशाधनका विकासका गतिविधिमा पनि सक्रिय नगरमा सवैभन्दा बढी स्वास्थ्य क्षेत्रमा प्रगति हुन सकेको नगर प्रमुख तुम्बापोले जानकारी गराउनु भयो ।

 

नगर प्रमुख तुम्बापोले नगरको सवैभन्दा ठूलो समस्या बसोबासको रहेको उल्लेख गर्दै एउटाको बसोबास र अर्कैको पूर्जा रहेको जटिल समस्या भएको अवस्थामा सुकुम्बासी आयोग नै विगठन भएपछि समस्या ज्यूँका त्यूँ रहन पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 

नगरको प्रचुर सम्भावनाका रुपमा ‘सिमसारयुक्त वन पर्यटन’ रहेपनि वनको अधिकार स्थानीय निकायलाई नहुँदा समस्या भइरहेको दर्शाउनु भयो ।

 

उहाँले संघ र प्रदेशले पालिका तहका लागि अति आवश्यकीय कानुन नबनाइदिँदा निकै समस्या भएको जनाउनु भयो । ‘माथिल्लो निकायले नबनाई हामीले कानुन बनाउँदा बाझिएको हकसम्म अमान्य हुने प्रावधान छ । त्यसैले, घर घरमा गएर काम गर्नु पर्ने हाम्रा लागि चाहिने कानुन कहिले बन्ला र यहाँ काम गरौंला भनेर पर्खेर बस्नुपर्नेस्थिती अन्त्य हुन आवश्यक छ ।’- अहिलेको पालिकाको नियति दर्शाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ