शिशिर योगीको सन्देशमूलक गीतमा रमाए दमकेली

दमक, १३ असोज /
गीत संगीत कस्लाई मन पर्दैन र ? मानिसलाई मात्र होइन, पशुप्राणी र वनस्पति समेत सुमधुर धुनमा लठ्ठिने गरेको खोज अनुसन्धानले पुष्टि गरेको छ ।

 

कोरोना कहरले विश्वलाई नै थला पार्यो । त्यसबेलादेखिको मानिसको मनस्थिती अझै स्थिर बन्न सकिरहेको छैन । मनस्थिती स्थिर बनाउन पशुप्राणी र बनस्पतिलाई समेत लठ्याउने त्यति धेरै शक्ति भएको गीतसंगीतको तागतलाई प्रत्यक्ष उपभोग गर्न झापाको दमकका व्यवसायीहरुले सांगीतिक साँझ कार्यक्रमको आयोजना गरे । जुन साँझ सचेतना प्रवाह गर्दै जीवनमा उर्जा भर्ने गीत गाएर ख्याति कमाउनु भएका गायक शिशिर योगीको साँझ थियो ।

 

कोरोनाको असरले अझै आर्थिक मन्दी जारी छ, अनि सधैंको व्यवहारिक र व्यवसायिक तनाव । ती सवैलाई पन्छाएर मानसिक हिसावले स्फूर्ति भर्ने कामको सुरुवातमा शिशिरले देशको अत्यन्तै ठूलो बेथितीका रुपमा रहेको भ्रष्टाचार हटाउने सन्देश प्रवाह गर्ने ‘भ्रष्टाचारको चपेटामा परि रुन्छिन् नेपाल आमा’ बोलको गीत प्रस्तुत गर्नुभयो । जसलाई पत्रकार गोपालप्रसाद थपलियाले लेख्नु भएको हो ।

 

नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा कस्मिक पार्टी प्यालेसमा भएको कार्यक्रममा व्यवसायीहरु भरिभराउ भएर जीवनवादी गीत सुनेर आनन्द लिए । नवयुवा पुस्ताका लागि बाबुआमाप्रतिको महत्वलाई बुझाउने हिसावको मार्मित गीत शिशिरले प्रस्तुत गरिरहँदा दर्शकहरु पनि भावुक बने । जुन गीत थियो ः
बा खुकुरीको धार बन्छन्, आमा खुकुरीको दाप
बा बज्रिलो हथौडा बन्छन् आमा आरनको राप

 

गाउँवस्तीमा श्रम गर्नेहरुको श्रमको दुःख जारी छ । सहरमा त अहिले मानिस चाहिने भन्दा बढी सुविधामुखी भएको छ । चाहिने शारीरिक अभ्यास समेत गर्न छोडिएको यो परिवेश छ । घाँस दाउरा गर्दै गर्दा सन्तान जन्माउने गरेको अवस्थालाई शिशिरले ‘आमाले घाँस काट्दै गर्दा भीरमा जन्मिएको मान्छे म’ मार्फत चरितार्थ पार्नुभयो ।

 

अन्य ठाउँका दुःख बरु अलि सामान्य लाग्लान् । तर कणर्ाली क्षेत्रको विकटता र अभावको कहालीलाग्दो दुःखले शिशिरलाई नै भावुक बनाउँछ र गाउँदा गाउँदै उहाँ आफैं आँशु आँशु बन्नु हुन्छ । माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको बेला कणर्ालीका गाउँवस्ती खाली भएको सन्दर्भमा सञ्जिवनी विश्वकर्माले लेख्नु भएको ‘कणर्ाली पारी’ गीतमा बीबी अनुरागीले संगीत भर्नुभयो । २०६३ सालमा शिशिरले आफ्नो एल्बम ‘आकर्षण’ मा रेकर्ड गरिएको यो गीत कणर्ालीवासीको जिब्रोमा झुण्डिएको छ ।

 

शिशिरलाई बढी चिनाएको माधव घिमिरेको शव्द र शक्तिबल्लभको संगीतमा ‘सारंगी त रेटेपनि बोल्छ मिठो ध्वनी’ गीतले त्यहाँको कार्यक्रममा प्रमुख अतिथि झापाका संघीय सांसद एलपी साँवासहितका श्रोताहरुलाई अझ आकर्षित गर्यो । त्यसका साथै नाच्ने प्रकारका समेत गीत प्रस्तुत गरेर उहाँले रमाइलो माहोल समेत सिर्जना गराउनु भयो ।

 

अहिले पनि देश नीतिगत सहितका भ्रष्टाचारको चंगुलमा परेको, सरकारको स्थिरता नभएको, भूँईमान्छेको अवस्था खासै नफेरिएको टिप्पणी गर्दै देश र देशवासीको मुहार फेर्न एउटा कोही आउन बाँकी रहेको उहाँको गीतले दर्शाइरहेको थियो । अर्थात ‘यो देशमा एउटा मानिस खोजिरहेछु’ ले दर्शकको मन उसैगरी तान्यो । अनि उहाँले जीवनको उर्जा भर्दै भूँइ मान्छे समेतका लागि न्याय र समानताको कामना गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु