अनुशीलन

दार्जीलिङ छोडेर दमक आएका अनिल फागोको उर्जाशील सांगीतिक यात्रा

दमक, १९ असोज /  भारतको दार्जीलिङमा गायन र संगीतका पुरस्कारहरु प्राप्त भएर हौसला बढ्दा गीतसंगीत क्षेत्रमै केही गर्ने सपना बुन्दै गर्नुभएका अनिल फागो २०६५ सालमा संगीत प्रशिक्षक भएर झापाको दमक आउनु भयो । उहाँले उज्जालो खबरको ‘अनुशीलन’ कार्यक्रममा बोल्दै व्यवसायिकताका हिसावले नेपाली गीतसंगीतको फराकिलो भूगोल खोज्ने क्रममा झापा आइपुगेको सहितको सांगीतिक जीवनको बेलिविस्तार लगाउनु भएको छ ।

 

कमला फागो र तेजमान फागोको सन्तानका रुपमा सन् १९७९ जुलाई ९ मा रेलिङ बस्ती दार्जीलिङमा जन्मनु भएका अनिल ११ वर्षको उमेरमै स्टेजमा गीत गाएर आफ्नो सम्भावनाको गोरेटो खोज्ने प्रोत्साहनको यात्रामा हुनुहुन्थ्यो । पारिवारिक माहौल नै गीतसंगीतको भएकोले उहाँ सानैदेखि त्यसतर्फ आकर्षित बन्नुभएको थियो ।

 

बंगीय संगीत परिषद कोलकाताबाट प्रदीप क्षेत्रीमार्फत बी म्यूज अर्थात संगीतमा स्नातक गर्नु भएका अनिलले सन् १९९८ मा सर्वप्रथम स्टुडेन्ट एण्ड युथ फेस्टिवल को आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेर सार्वजनिक हौसला बटुल्नु भयो ।

 

सन् १९९८ मै गोर्खा सांस्कृतिक मञ्च, सुम चियाबारीद्वारा आयोजित आधुनिक गायन प्रतियोगिता, सन १९९९ मा भारतीय शास्त्रीय आधारित गीत, २००१ मा गोर्खा संस्कृति संरक्षण समिति लेबोङ, दार्जीलिङ्द्वारा आयोजित सङ्गीत प्रतियोगिता अनि गोर्खा दुखः निवारक सम्मेलन दार्जीलिङको वार्षिक सङ्गीत प्रतियोगितामा क्रमैले विभिन्न बिधामा प्रथम स्थान प्राप्त गर्नुभएको सम्मानित उपलब्धि छ उहाँसँग ।
प्रथमस्थान हाँसिल गरेका अन्य प्रतियोगिताहरुमा, सन् २००० मा नेपाली मौलिक भजन, सन् २००२ मा नेपाली आधुनिक गीतको प्रस्तुति हुन् ।

 

त्यसोत उहाँले भारत र नेपालमा १ दर्जन बढी सम्मान समेत प्राप्त गर्नुभएको छ । सन् २००९ मा रिम्बिक लोधोमा समष्टि सम्मान समिति, २०१५ मा ज्ञानकुञ्ज बुक्स, खरसाङ, २०१६ मा आ. बि. गुमानसिङ चाम्लिङ सालिक निर्माण एवम् संरक्षण समिति, रेलिङ , सोही वर्ष वैशाखी महोत्सव समिति, मल्लि दक्षिण सिक्किमबाट सम्मानित बन्नुभयो ।

 

हाल अमेरिका र अस्ट्रेलिया पुगेका आफ्ना भूतपूर्व विद्यार्थीहरुबाट दमकमा सन् २०२२ मा, मोरङको पथरी शनिश्चरेस्थित सि. एम. कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान २०२३ मा, नक्षत्र फाउन्डेसनद्वारा आयोजित भुटनिज रिफ्यूजी आइडलद्वारा पनि सन् २०२३ मै सम्मानित भएर अनिलले आफ्नो जिम्मेबारीको आयतन फराकिलो बनाउनु भएको छ । दार्जीलिङमा अनिलद्वारा स्वर तथा सङ्गीतबद्ध गरिएको एल्मबमा ‘प्रतिभा’ र संगीत मात्र गरिएको ‘यादहरु’ हो ।

 

वि.सं. २०६५ सालमा झापाको दमक र बिर्तामोडमा रहेको नागरिक संगीत विद्यालयमा संगीत प्रशिक्षकका रुपमा नेपाल प्रवेश गर्नुभएका उहाँले सवभन्दा पहिले २०६६ मा भूपेन्द्रराज तिम्सिनाद्वारा लिखित र निर्देशित, मणिकमल छेत्रीद्वारा सङ्गीतबद्ध रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको लघु चलचित्र ‘जीवन जिउँनेहरूका लागि’ मा स्वर प्रदान गर्नुभयो ।

 

 

दमक आएपछिको अनिलले ०६७ मा आफ्नो स्वर तथा संगीत रहेको संयुक्त गीति एल्बम सुरा र ०६९ मा आफ्नो मात्रै स्वर र संगीत रहेको रचना एल्बम बजारमा ल्याउनु भयो । अनिलद्वारा संगीतवद्ध करिब दुइ दर्जन गीत नेपाल, दार्जिलिङ तथा भुटानी गायक गायिकाहरूले रेकर्डिङ गरेका छन् । आफ्नो स्वर अलिबढी आधुनिक गीतमा सुहाउने गरेकाले बढीमात्रामा उहाँले आधुनिक गीत नै गाउनु भएको छ ।
वि.सं. २०७० बाट दमकमा आफूले सुरभि कला केन्द्र स्थापना गरी संगीत प्रशिक्षकका रुपमा सयौंलाई गीत संगीतको प्रशिक्षण प्रदान गरेर यही सृजना क्षेत्रमा रमाइरहनु भएको छ । ( हेरौं भिडियोमा)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु