पाँच हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य

मामा-भान्जाको बन्जारा एग्रो : लगानी ५० करोड, लक्ष्य दैनिक ५ हजार लिटर दूध उत्पादन

 

झापा /
विराटनगरको दक्षिणी क्षेत्र दरैयामा दुई जनाले आधुनिक कृषि फर्म सुरु गरेका छन् । गजेन्द्र शर्मा बन्जारा र सञ्जय चौलागाईले पाँच विगाहा क्षेत्रमा ‘बन्जारा एग्रो’ सुरु गरेका हुन् ।

जग्गा खरिद र संरचना निर्माणसहित फर्ममा ८ करोड लगानी भइसकेको उनीहरुको भनाइ छ । तीन वर्षभित्र लगानी ५० करोड पुर्याएर दैनिक पाँच हजार लिटर दूध र पाँच हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य सहित काम अघि बढेको चौलागाई बताउँछन् ।
नाताले मामा-भान्जा रहेका चौलागाई र बन्जारा होटल क्षेत्रमा थिए । बन्जारा चीनमा होटल क्षेत्रमै कार्यरत छन् । चौलागाई फर्मको रेखदेख गर्न विराटनगरमा छन् ।

मामा-भान्जाले काठमाडौंको होटल प्याराडाइज प्लाजामा सँगै काम पनि गरे । होटलको काम छाडेर अनामनगरमा द ढावा काठमाडौं सञ्चालन गरे । चौलागाईका अनुसार २०५९ सालमा ढावामा दैनिक बिक्री ५० हजार बराबरको थियो । ६ वर्ष ढावा सञ्चालनपछि बन्जारा विदेश गए । स्वीजरल्याण्डमा होटल म्यानेजमेन्ट पढेका चौलागाई चीनको बेइजिङमा रहेको होटल हिल्टन र कोन्ड्राइट होटलको जिएम छन् ।

होटल व्यावसाय सञ्चालनका लागि विराटनगर आएका चौलागाईले होटल खोल्न सकेनन् । सानो लगानीमा कृषि फर्म सञ्चालन गरिरहेका चौलागाईले मामा गजेन्द्र छुट्टीमा आएपछि ५० करोड लगानी गर्ने लक्ष्यसहित बन्जारा एग्रोको काम सुरु गरे । एक वर्षयता सुरु भएको फर्मका लागि पाँच विगाहा जग्गा खरिद, टनेल निर्माण, गाई फर्म निर्माण, गाई र मेसिन खरिदमा ८ करोड लगानी भइसकेको छ ।

दुई सय गाई पालेर दैनिक पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका चौलागाईले हाल दैनिक ६ सय लिटर दूध उत्पादन भइरहेको बताउँछन् । दैनिक पाँच हजार किलो तरकारी पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।दुई सयवटा गाई पालनका लागि आधुनिक गोठ पनि तयार भएको छ । गोठमा होलिस्टेन जर्सी जातका ५० गाई छन् । दैनिक ४० लिटरसम्म दूध दिने गाईबाट ६ सय लिटर दूध उत्पादन भइरहेको उनले बताए ।

दुई सय गाईका लागि अटोमेटिक फर्म र अटोमेटिक दूध प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी रहेको उनले बताए । ‘प्रोजेक्ट तयार भएपछि गोबर सोहोर्ने, दुहुनेदेखि घाँस हाल्ने काम मेसिनले गर्छ,’ चौलागाई भन्छन्, ‘गाईका लागि तापक्रम मेन्टेन गर्नका लागि अटोमेटिक कुलिङ सिस्टम राखेका छौं ।’ गाईका लागि दाना पानी दिने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम स्वचालित मेसिनहरुबाट गर्दा काम छिटो र लागत कम हुने उनको तर्क छ ।

फार्मको पहिलो चरणको काम सकिएपछि वैशाखबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने चौलागाईले बताए । १६ वटा होलिस्टेन जर्सी गाई आउने क्रममा रहेकाले ती गाई आएपछि दूध उत्पादन बढ्ने उनले बताए ।
यसरी उत्पादन भएको दूध सिसाको बोतलमा ब्रान्डिङ गरेर उपभोक्ताको घरसम्म पुर्याउने लक्ष्य छ । बोतल पुनः प्रयोग गर्ने तयारी पनि छ ।

गाईका लागि साइलेज (घासको गुन्द्रुक) बनाउने उद्योग पनि सञ्चालनमा ल्याएका चौलागाईले सुनसरीको देवानगञ्जका किसानलाई पनि रोजगारी दिएका छन् । साइलेजका लागि सुनसरीको देवानगञ्जमा किसानसँग ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेका छन् । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाउने चौलागाईले बताए । यसरी खेती गर्ने किसानले प्रति क्वीन्टल ३५० रुपैयाँ पाउँछन् ।

तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेको बताउँदै चौलागाई फर्मको काम सकिएपछि देशकै नमुना फर्म बन्ने दाबी गरे । फर्म पूणर्रुपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५ हजार किलो अर्गानिक तरकारी उत्पादन हुने उनले बताए । फर्मबाट दूधसँगै उन्नत जातका गाईको नश्ल उत्पादन गरेर किसानलाई बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।