नगदे बालीतर्फ आकर्षित

किवी खेती बाट ३ लाख रूपैयाँभन्दा बढी आम्दानी

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका-९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।

सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए।

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दानी हुन्छ भन्ने यकिन नभएको देवीप्रसादको भनाइ छ।

उनकी श्रीमती तिला लालीगुराँस नगरपालिकाको उपप्रमुख हुन्। श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन्। नागरिकहरूको सेवामै ब्यस्त बन्दै आएकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आएको बताउँछिन्।

परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबालीमा आम्दानी लिन सकिन्छ भन्ने ढुक्क भएको बताउँछिन्। ‘मैले खेती सुरु गर्दैगर्दा गाउँलेहरूले बौलायो भने। यति राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको पनि भने‚’ देवीले भने, ‘हौसला दिने बेला उल्टै हतोत्साहित बनाए। तर म निरन्तर रुपमा आफूले गरेको खेतीमा लागिरहेँ। जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभिन्छन्।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेल दम्पतीले बिक्रीबाट मात्रै वार्षिक ३ लाख रूपैयाँभन्दा बढी आम्दानी लिँदै आएको बताए। थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनीहरू आफ्नो खेतीबाट दंग छन्।

‘खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजार पुर्याउन सफल भइयो। अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ। ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन‚’ देवी थप्छन्, ‘बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छौँ। अन्नबाली लगाउँदा बढीमा आठ/दश हजार रूपैयाँ बराबरको उत्पादन हुन्थ्यो। तर किवी खेतीबाट वार्षिक ३ लाख रूपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ।’

देवीले अहिले जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचय बनाइसकेका छन्। किवी बगानबाट वार्षिक दुई हजार किलोग्राम किवी उत्पादन हुँदै आएको छ। व्यावसायिक रुपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो गरे।

पोखरेल किवी किसान मात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन्। यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किवी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरू उनकहाँ आउने गरेका छन्। खेतीसँगै नर्सरीसमेत उत्पादन गरी बिक्री गर्न सुरु गरेका छन्। उनले रेड र ग्रीन जातका किवी खेती गर्दै आएका छन्।

पोखरेलले एक्लै सुरु गरेको किवी खेती यतिबेला गाउँका धेरैजसो किसानले खेती गर्न थालेका छन्। पोखरेलको बगानमा उत्पादन भएको किवी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरूमा विक्री हुँदै आएको छ।

यहाँ उत्पादन भएको किवी प्रतिकिलो १०० देखि ३०० रुपैयाँका दरले बिक्री हुँदै आएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई छोड्दै किसानहरू नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा