पथरी, कार्तिक २१
द व्युटी मेकअप पार्लर एण्ड टे्रनिङ सेन्टर बिर्तामोड -४ झापाको ४० औ शाखाको रूपमा मोरङको पथरी शनिश्चरे १ को वीपी चोकमा द व्युटी वल्र्ड पथरी शाखाको बुधबार उद्घाटन गरिएको छ ।
पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिवन काटेर शाखाको उद्घाटन गर्नु भएको छ ।
प्रमुख अतिथि वास्तोला, वडा नम्बर १ का अध्यक्ष भीमकुमार राई, ७ का अध्यक्ष उद्ववराज वस्नेत, उर्लाबारी नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष राजन कडेँल, उर्लाबारी उद्योग वाणिाज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
३० लाख भन्दा बढी लगानीमा खोलिएको सो वल्र्ड व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष रोजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले जनाउनु भयो ।
द व्युटी मेकअप पार्लर एण्ड टे्रनिङ सेन्टरले विर्तामोडका साथै शाखाका रुपमा दमक,पथरी ,इटहरी, हेटौंडा, कोहलपुर ,नेपालगञ्ज र काठमाडौँका विभिन्न स्थानमा सेवा प्रदान गदै आएको सञ्चालक भगवान बस्नेतले सुनाउनुभयो । यस शाखाबाट लक्षित वर्ग १० जनालाई निःशुल्क तालिम दिइने र ४० वटा शाखाबाट ४ सय जनालाई तालिम दिइने केन्द्रीय कार्यालयका सञ्चालक वत्सल भट्टराईले उल्लेख गर्नुभयो । व्युटीसियन, मेकपअप, नेल, मेहेन्दी आइल्यासिसका कक्षाहरू र सेवाहरू सञ्चालन भइरहेको उहाँले जनाउनु भयो ।










