नेपालीभाषी पहिलो भूटानी गायक प्रताप सुब्बाको अष्ट्रेलियामा सम्मान साँझ

अमेरिका, कार्तिक २९
भूटानी समुदाय, साउथ अष्ट्रेलियाले नेपाली भाषा र संस्कृतिप्रति विशेष योगदान पुर्याउँदै आउनु भएका पहिलो भूटानी गायकका रुपमा परिचित प्रताप सुब्बाको सम्मानमा एक विशेष सांगीतिक साँझ सम्पन्न भएको छ ।

 

साउथ अष्ट्रेलियाको एलिजाबेथस्थित प्लेफोर्ड सिविक सेन्टरमा सम्पन्न ‘प्रताप सुब्बा सम्मान साँझ २०२४’ नाम दिइएको कार्यक्रममा २८ भन्दा बढी नेपालीभाषी समुदायको संयुक्त सहभागिता रहेको थियो ।  सुब्बालाई खदा, ढाकाटोपी र दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर उहाँको ओजिलो योगदानको सम्मान गरियो । उहाँलाई ८६ वर्षीय ज्येष्ठ नागरिक मनमाया निरौलाले दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा सुब्बाका समकालीन साथीहरू, गाउँले, शिविरका सहकर्मीहरू साथै साना नानीबाबुहरूसमेत उपस्थित भएर कला क्षेत्रको अगाध सम्मान व्यक्त गरेका थिए । कार्यक्रमको सुरुमा पञ्चकन्याहरूले पुष्पगुच्छा हस्तान्तरण गर्दै गायक सुब्बालाई ब्रास ब्यान्डसहित स्टेजसम्म स्वागत गरेका थिए ।

 

 

विशिष्ट अतिथिका रूपमा जोगेन गजमेर, गौरी निरौला, रतन गजमेर, आरके घले, भानु अधिकारी, केबी नेपाल, एनबी दाहाल, इन्दिरा दुलाल, टीबी राई लगायत साउथ अष्ट्रेलियाका नेपालीभाषी दर्शक र शुभचिन्तकहरूको उल्लेखीय उपस्थिति थियो ।

 

 

प्रकाश धमलाले सञ्चालन गरेको कार्यक्रममा साना नानीबाबुहरूले पियानोमा अष्ट्रेलियाको राष्ट्रियगान प्रस्तुत गरेका थिए भने स्वागत प्रस्तुति जोन रजिन सिंह (बाँसुरी), यूनिश बस्नेत (तबला), मौसम राई (गितार), डेबिड रामदाम (ड्रम) र लक्ष्मण गुरूङ (कीबोर्ड) द्वारा इन्स्ट्रुमेन्टल प्रस्तुति दिइएको थियो ।

 

 

गायनतर्फ सुभास ढुंगाना, भागवत न्यौपाने र विशाल छेत्रीबाट गीत प्रस्तुत भयो भनें नृत्यतर्फ सोनिया लिम्बू प्रतिक्षा सुब्बा, शुस्मिता सुनारका साथै द स्कूल अफ भूटानी नेपाली भाषा र संस्कृतिका भूमिका दाहाल, रितिसा दाहाल, नविना दाहाल र पार्वती अधिकारीले आकर्षक नृत्य प्रस्तुत गर्दा कार्यक्रम थप रमाइलो बनेको थियो ।

 

 

एसए डिसेबिलिटी केयरको मुख्य प्रायोजनमा अन्य १० भन्दा धेरै संस्थाहरूको सहयोगमा आयोजित कार्यक्रमको संयोजन लक्ष्मण गुरूङ र गिरिस भारतीले गर्नुभएको थियो । द्वीप दर्पणले सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो भनें फोटोग्राफी सहयात्राका रुपमा क्रिस स्टुडियोको सहभागिता थियो ।

 

 

३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा एसोसियसन् अफ भूटनिज इन अष्ट्रेलिया सिड्नीको विशेष सहयोगमा अमेरिकाबाट गायक सुब्बा अष्ट्रेलिया जानु भएको थियो । मोरङको पथरी शनिश्चरे शिविरबाट तेस्रो मुलुक पुनर्वास अन्तर्गत उहाँ त्यहाँ बसोबास गर्दै आउनु भएको छ । ‘बन्धनको चिनो’ गीत र सोही नामको एल्बम उहाँको सर्वाधित चर्चित कृति हो ।

 

प्रभावकारी सांगीतिक र साँस्कृतिक प्रस्तुति रहेको सो सम्मान साँझले नेपाली भाषा र संस्कृतिप्रतिको योगदानको कदर अनि यसको संरक्षण, सम्वद्र्धन गर्दै भूटानी समुदायको एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको अनुभूत भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति