कृष्ण काश्यपको ‘सराब’ पिएर गजलकारहरु दंग

 

दमक, मंसिर १

बच्चाहरुले चोट लुकाए जस्तैगरी आफ्नो चोट देखाउने भोगाईको परिस्थिती लगायतका जीवनका तमाम भोगाई अनि सराबसँग जोडेर प्रेमिल गजल उन्न माहिर पूर्वका शक्तिशाली गजलकार कृष्ण घिमिरे काश्यपको दोस्रो गजल पुस्तक कृति ‘सराब’ को लोकार्पण गरिएको छ ।

 

समसामयिक विषयमा समेटिएको भावप्रधान ९५ वटा गजल समावेश ‘सराब’को प्रकाशक संस्था दमक श्रष्टा पब्लिकेशनले शनिबार दमकस्थित कदम थिएटरमा लोकार्पण गराएको छ । कृतिका रुपमा आएको गजल सराबले सबैलाई आनन्दित बनायो ।

 

कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुमित्रा बाङ्देल चेलीको अगुवाईमा अर्का प्राज्ञ मुनाराज शेर्मा, साहित्यकार प्रकाश बुढाथोकी, शिव रेग्मी प्रणतसहितले कृति विमोचन भयो । कार्यक्रममा बोल्दै चेलीले नेपालमा गजललाई पुरानो ढर्राबाट माथि उकासेर सवै विषयलाई समेट्न थालिएकाले यो स्थापित बनेको प्रसंग अघि सार्नुभयो । उहाँले काश्यपको गजलको प्रभावकारिताको समेत चर्चा गर्नुभयो ।

 

कार्यक्रममा पुराना साहित्यकार केशव आचार्यले काश्यपसँगको सामिप्यता र उहाँका गजल प्रभावकारी भएको चर्चा गर्दै रुबाईमार्फत कृतित्व र व्यक्तित्वको सटिक समीक्षा गर्नुभयो ।

 

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकार घनश्याम पथिकले लेखन र व्यवहार दुवैमा प्रभावकारी काश्यपको गजल आफैंमा संगीत भरिएकाखाले गहन भावका रहेको औंल्याउनु भयो ।

 

कार्यक्रममा साहित्यकार छवि बैरागी घिमिरे, लीला अनमोल, मधु केरुङ, सुनिता तामाङ, नाट्यकर्मी सिजन दाहालसहितले काश्यपका गजल वाचनसहित शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम पब्लिकेशनका अध्यक्ष साहित्यकार सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भयो ।

 

मुख्य रुपमा गजल लेख्न रुचाउने झापाको शिवसताक्षीस्थित धरमपुर निवासी काश्यपको ‘नयनभित्र तिम्रो तस्वीर’ नामक पहिलो गजल संग्रह २०६४ मा प्रकाशित भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ