हात्तीपाइले निवारण कार्यक्रम

तपाईंलाई हाइड्रोसिलको समस्या छ ? चिन्ता नगर्नुहोस् अब हुन्छ निःशुल्क अप्रेशन

दमक, मंसिर ४
यदि तपाईंलाई हाइड्रोसिलको समस्या भएर एकदमै अप्ठेरो अवस्थामा घरभित्रै बस्न बाध्य हुनुभएको छ भनें अब झापा अन्तर्गत दमक नगरको अस्पताल र भद्रपुर प्रादेशिक अस्पतालमा सम्पर्क राख्नु होला । त्यहाँ तपाईंको हाइड्रोसिलको निःशुल्क उपचारको कार्यक्रम आएको छ ।

 

कोशी प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा त्यसखाले कार्यक्रम आएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाले मंगलबार दमक अस्पतालसँग सम्झौता गर्दै हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत मंसिर ५ गतेबाट दमकमा हाइड्रोसिलको निःशुल्क उपचार थालिने जानकारी दिएको हो ।

 

कार्यक्रममा, जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रशासक रमेश बाह्रकोटीले मुख्य रुपमा हात्तीपाइलेका कारण पुरुषहरुको अण्डकोष सुन्निने समस्या अर्थात ‘हाइड्रोसिल’को उपचारमा प्रदेश सरकारको कार्यक्रम रहेको जनाउनु भयो । उहाँले प्रदेश सरकारले जिल्लाका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएकाले त्यसबाट भद्रपुरमा १ सय र दमक अस्पतालमा १०५ गरी २०५ जनाको अप्रेशन गरिने जानकारी गराउनु भयो ।

 

झापामा विगत १३ वर्षदेखि लगातार हात्तीपाइले विरुद्धको औषधी सेवनको कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसमा गत आर्थिक वर्षमा ८४ प्रतिशतले औषधी सेवन गरेर हात्तीपाइलेको संक्रमणमा कमी भएको भएपनि त्यसअघि नै भएको हाइड्रोसिल र हातखुट्टा सुन्निने समस्यालाई पनि राहत प्रदान गर्न यसखाले कार्यक्रम ल्याइएको छ ।

 

कार्यक्रममा बोल्दै दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद शाहले अघिल्लो वर्ष छोटो अवधिबाट यो कार्यक्रम सुरु भएपनि यो वर्ष भनें केही काम गर्न भ्याइने समयमा सम्झौता भएको उल्लेख गर्नुभयो । उहाँले लुकेर रहेका हाइड्रोसिलका विरामीको पनि खोजतलास गर्नु आवश्यक रहेको औंल्याउँदै त्यसखाले विरामीले तत्काल अप्रेशनसहितको सेवा लिन आव्हान समेत गर्नुभयो ।

 

सो कार्यक्रम अन्तर्गत प्रति विरामी अप्रेशन खर्च ७ हजारका दरले रकम छुट्याइएको छ । गत वर्ष दमक अस्पतालमा हाइड्रोसिलको समस्या भएका ३० जनाको निःशुल्क अप्रेशन गरिएको थियो ।

 

झापामा हालसम्म २ हजार २ सय ३ जनामा हात्तीपाइले देखिएकोमा त्यसमध्ये १ हजार ३ सय ५६ जनामा हाइड्रोसिल र ८ सय ४७ जनामा खुट्टा र हात सुन्निने समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विश्वनाथ श्रेष्ठले कार्यक्रममा आफ्नो प्रस्तुतिका क्रममा उल्लेख गर्नुभयो ।

 

जिल्लामा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिकामा ३०२ जनामा हात्तीपाइलेको संक्रमण फेला परेको र त्यसमध्ये १७९ जनामा हाइड्रोसिलको समस्या देखिएको छ । दमकमा १३७ जनामा हात्तीपाइले देखिएमध्ये ८७ जनामा हाइड्रोसिलको समस्या फेला परेको तथ्यांक उल्लेख गर्नुभयो ।

 

८० प्रतिशत हाइड्रोसिल हात्तीपाइलेका कारण हुने भएको उल्लेख गर्दै हात्तीपाइलेका विरामीका लागि दमक र भद्रपुर अस्पतालमा उपचार तथा सहायता स्याहार केन्द्र स्थापना गरी हरेक दिन निःशुल्क उपचार, स्याहारसुसार र परामर्श समेत भइरहेको उहाँले जनाउनु भयो ।

 

हाल नेपालमा हात्तीपाइले रोगको ६४ जिल्लामा संक्रमण देखिएको छ । सन् २०३० सम्ममा हात्तीपाइले रोग देखिएका विश्वका ७२ देशलाई हात्तीपाइलेको संक्रमणबाट मूक्त गर्ने लक्ष्य राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ