इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उहाँले भड्किलो खर्च र तामझाम नगरी सामान्य नागरिक जस्तै सादगीपूर्ण रूपमा विवाह सम्पन्न गर्ने बताँउनु भएको छ। झन्डै ७–८ वर्षअघि नै अदालती विवाह गरिसकनु भएको गुरुङले श्रीमती अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएपछि अब सांस्कृतिक विधिसहित विवाहलाई पूर्णता दिन लाग्नु भएको हो।
आफ्नो पुर्खाको इतिहास, मौलिक भेषभूषा र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोरखा रोजेको उहाँको भनाइ छ। सीमित आफन्तको मात्र उपस्थिति रहने उक्त विवाह समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा गरिएको छ।










