दमक, मंसिर ११
नेपाली शेयर बजारमा हुने व्यवसायका आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटबढ हुने क्रम चलिरहन्छ । तर यो साता भनें नेप्से बढ्यो क्रममा रहेको छ ।
यसक्रममा प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक २१ अंकले बढेको छ । सेसन अवधिमा २१.३३ अंकले बढेर नेप्से २७०४.५७ को विन्दुमा पुगेको छ ।
सेसनभर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ ५० पैसाबराबरको १६ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
सेसन अवधिमा ५७ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।
https://www.facebook.com/reel/1081577069881443










