नेपालको ’डबल बी माइनस’ (बीबी माइनस) रेटिङ

विदेशी ऋण तिर्नेमा भारत पछि नेपाल उच्च स्थानमा

दमक, मंसिर ११

नेपाल बनाउन विदेशी ऋण र अनुदान नै चाहिन्छ । नेपाल जस्तो विकासोन्मुख देशकालागि यो अति आवश्यकनै हो । तर लिएको ऋणलाई सहि सदुपयोग गर्न सकिएन भने त्यसले परिणाम दिदैन र आर्थिक भार मात्रै बढाउँछ ।

 

। तर नेपालले विदेशबाट ल्याएको बिभिन्न ऋण समयमै तिर्ने देशको उच्च सुचिमा परेको छ । यसले नेपालले लिएको ऋणको सदुपयोग हुँदै रहेछ भन्ने बुझ्न पनि मद्यत पुगेको छ ।

 

ऋण तिर्ने क्षमतामा नेपालले दक्षिण एसियामै भारतपछिको उच्च दर्जा पाएपछि यहाँ विदेशी लगानी बढ्न सक्ने चर्चा सुरू भएको छ । तर के यो दर्जाले मात्र नेपालमा विदेशी लगानीको ओइरो लाग्ला ?

 

कुनै पनि देशको ऋण तिर्ने क्षमता मापन गर्न अन्तर्राष्ट्रिय निकायहरूबाट सार्वभौम शाख मूल्यांकन गराउने विश्वव्यापी चलन छ । ’फिट्च रेटिङ लिमिटेड’ त्यस्तै एउटा निकाय हो ।

 

नेपालले इतिहासमै पहिलोपटक सो संस्थाबाट आफ्नो ऋण तिर्ने क्षमता मूल्यांकन गराएको थियो, जसमा नेपालले ‘डबल बी माइनस’ (बीबी माइनस) रेटिङ पाएको छ । यो दक्षिण एसियामा भारतपछिको सबभन्दा राम्रो हो ।

 

कुनै पनि मुलुकमा लगानी गर्न चाहने वा त्यहाँका कम्पनी वा सरकारलाई ऋण दिन चाहनेहरूका लागि यो मूल्यांकनले ठूलो अर्थ राख्छ । यसले त्यस मुलुकको ऋण तिर्ने क्षमता र पृष्ठभूमि कस्तो छ भनेर बुझ्न सघाउँछ । यसले विदेशी लगानीको निम्ति अनुकूल वातावरण तयार भए पनि लगानी भित्रिन यति मात्र पर्याप्त नभएको विज्ञहरू बताउँछन्

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,