यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन !

मानिस निन्द्रामा किन झस्किन्छन् ? यी उपाय अपनाए छुट्कारा पाइन्छ

दमक, मंसिर ११
निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला । यो के भएको होला त ? यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन ! यो आम मान्छेको मनमा आउने प्रश्न हो । यो समस्यालाई यही कारणले हुन्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ । मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ ।

यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ ।

कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

कसरी छुटकारा पाउँने ?

१) दैनिक रूपमा बेलुका सुत्ने र बिहान उठ्ने समय पनि एउटै पार्ने ।
२) सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।
३) सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।
४) सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बाल्ने
५) चिन्ता र तनाव कम गरेर सुत्ने ।
६) दैनिक शारिरिक कसरत तथा व्यायाम गर्ने ।
७) आफूलाई दिनभर व्यस्त राख्ने
यती काम सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,