बजेट संशोधनको तयारी सुरू गर्नेदेखि प्रदेश लगानी सम्मेलनसम्म

कोशी प्रदेश : एमाले-काग्रेस संयन्त्रको बैठकले गरेका यी निणर्यहरु

बिराटनगर, मंसिर १४
केन्द्रिको गठबन्धनलाई सरकारसग मात्रै नभएर राजनैतिक सहमती समेत प्रभावकारी बनाउन प्रदेश हुदै जिल्ला सम्मनै संयन्त्र समिती बनेको छ । सोहि अनुसार कोशी प्रदेशमा गठीत संयन्त्रले सरकारले कार्यान्वायनमा ल्याएका कार्यक्रम तथा योजनालाई थप प्रभावकारी बनाउने सहमती गरेका छन् ।

आज नेकपा एमालेका स्थायी समितिका सदस्य शेरधन राइको अध्यक्षतामा बसेको कोशी प्रदेशको दुई दलिय संयन्त्रको बैठकले बजेट संशोधनको तयारी शुरु गर्ने देखी प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन बर्ष महोत्सव लगायतको तयारी सम्म महत्वपूणर् निणर्य भएको मुख्यमन्त्री हिकमत कार्कीका प्रेस सल्हाकार बिक्रम लुईटेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की ,पुर्ब मुख्यमन्त्री एबम नेपाली काग्रेसका कोशी सभापति उद्दब थापा साथै प्रदेशका मन्त्रीहरु र संयन्त्रका सदस्यहरु सहभागी बैठकमा भएका निणर्यहरु हेरौ ।

१.प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन,
८ माननीय मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यन्वयनमा विशेष ध्यान केन्द्रित गर्ने ।
८ बजेट संशोधनको तयारी शुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक माँगहरुलाई आधार मानी कार्यन्वयनयोग्य कार्यक्रमहरुमा बजेटलाई केन्द्रित गर्ने ।

८ प्रदेश सरकारबाट सञ्चालित बहुबर्षिय वा अन्य प्रकृतिका आयोजनाहरुको स्टाटस केलाई क्रमशः सम्पन्न गर्ने गरि आयोजनाहरुको बर्गिकरण गरि निर्माण कार्य सम्पन्न गर्दै जाने गरि बजेटलाई केन्द्रित गर्ने ।

८ प्रदेश सरकारका सामु रहेका चुनौतिहरुलाई सामना गर्न नियमीत छलफल, परामर्श र समीक्षा गर्दै अवसर र संभावनाहरुको अधिकतम उपयोग गर्ने ।

८ दुई दलिय संयण्त्र मार्फत समेत केन्द्रबाट पहल गरि विभिन्न शिर्षकहरुमा थप बजेटका लागि पहल गर्ने ।
२.प्रदेश सरकारको महत्वपुणर् र प्राथमिकता प्राप्त कार्यक्रमहरु,
८ प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन बर्ष महोत्सव लगायतको तयारी र ब्यवस्थापन राम्रो गर्ने, निजी क्षेत्र सबैलाई समेटने र भुमिका दिने ।

८ उपरोक्त सम्मेलन र महोत्सवहरुलाई ऐतिहासिक र उपलव्धीमुलक बनाउने, अर्थात राम्रो र भव्य बनाउन ध्यान दिने ।
८ लगानी सम्मेलन सम्बन्धमा निजी क्षेत्रबाट केही असन्तुष्टिहरु ब्यक्तिगत र संस्थागत रुपमै रहेको छ भन्ने बिषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने र संयन्त्र मार्फत समेत आधिकारिक कुराहरु बुझि सरकारलाई संयन्त्रले आवश्यक सुझाव दिई सहजीकरण गर्ने ।

३.सरकारको कामलाई प्रभावकारी बनाउन,
ड्ड नियमित सरकारले आन्तरिक रुपमा समीक्षा गर्ने ।
८ दुई दलिय संयन्त्र र सरकारबीचको छलफललाई समेत नियमीत गर्ने ।
४.प्रदेश सरकारले गरेका राम्रा कामहरुलाई जनस्तरमा पुरयाउन,
८ प्रदेश सरकारबाट शुरुवातीबाटै भएका गरिएका अहिले सम्मका राम्रा कामहरुलाई ब्यापक रुपमा जनस्तरमा स्थापित गर्न सरकारले आवश्यक सामाग्री निर्माणको काम गर्ने ।

ड्ड सरकारी संयन्त्र र दलिय संयन्त्र मार्फत पार्टी पंक्तिलाई परिचालन गरी जनस्तरमा पुरयाउने ।
५.समसमायिक बिषयहरुका बारेमा,
८ प्रदेश सरकार मातहतका सहकारीहरुको बचत, लगानी र अन्य अपचलन लगायतको बिषयहरुको अधययन गर्न सरकारले एक समिती गठन गर्ने ।

८ पाथीभरा केवलकार निर्माण प्रक्रियामा देखिएको द्वन्द र झडपबाट उत्पन्न समस्या समाधानका लागि तत्काल सरकार र दुई दलिय संयन्त्रले आ आफ्नो तर्फबाट निर्माण कम्पनी र आन्दोलनरत पक्षसंग वार्ता र संवाद गरि उपयुक्त निकास लिने ।
८ प्रदेश नामाङ्कन बिषयलाई लिई आन्दोलनरत पहिचानबादीहरुसंग समेत वार्ता समिती बनाई सरकारले संबाद गर्ने । दुई दलिय संयण्त्रले समेत आवश्यक संबाद र सहजीकरण गर्ने ।

८ एशियन हाइवे (पुर्ब पश्चिम) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपुर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा समेत सम्बन्धित पक्षहरुसंग तत्काल संबाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने ।

८ अनेकन बहानामा सामाजिक सद्भाव र सहिष्णुता भडकिन र भडकाउन गरिने प्रयासहरुका बारे सरकार र दुई दलिय संयन्त्र सचेत रहने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,