सप्ताहव्यापी कार्यक्रकको घोषणा

दमक जेसीज सप्ताहमा हुने यी ९ कार्यक्रम

दमक, मंसिर १८
दमक जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रकको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो सप्ताहब्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।

जेसीज सप्ताह मुल आयोजक समिति संयोजक उमेश गजमेरले सात दिनमा के के कार्यक्रम गर्ने भन्नेबारेमा पत्रकार सम्मलेनमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार जेसीज सामुदायिक भवन निर्माण स्थलमा मंसिर १९ गते सप्ताहको उद्धघाटन गर्दै त्यहाँ निर्माण गरिएको जेसीज धाराको अनावरण समेत गरिने छ । यस्तै यस्तै सोही दिन अटिजम सम्बन्धीको जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

 

दमक ३ स्थित अक्सफोर्ड अग्रेजी बोर्डिङ स्कुलमा यो कार्यक्रम बिहान साढे ११ बजेदेखी आयोजना सुरु गरिनेछ । यसै गरी २० गते मैत्रीपूणर् फूटसल प्रतियोगिताको अयोजना गरिएको छ । दमक १ मा रहेको प्रजिता एकेडेमीभित्र रहेको फूटसल मैदानमा यो प्रतियोगिता बिहान ७ बजेदेखी हुने छ भने यहि दिन दमक २ मा रहेको सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री समेत वितरण हुने भएको छ ।

 

यो कार्यक्रम बिहान १०ः३० बजे गर्ने जनाइएको छ । यसै गरी २० गते नै अर्को कार्यक्रम पनि रहेको छ । विद्यार्थीहरुलाई बाल स्वास्थ्य सम्बन्धीको सचेतनामूलक कार्यक्रम दमक २ कै हिमालय माद्यमिक विद्यालयमा आयोजना गरिने छ । यो कार्यक्रम दिनको २ बजेदेखि सुरु हुने जनाइएको छ । यसपछि भने २१ गते दमक बसपार्कमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धीको सचेतना कार्यक्रम राखीएको छ ।

 

यो कार्यक्रम बिहान ७ः३० देखि सुरु हुने छ भने यहि दिन यूवाहरुमा नेतृत्व विकास सम्बन्धीको तालिम दिने कार्यक्रम रहेको छ । दमक बहुमुखी क्याम्पसमा बिहान ११ बजेदेखि यो कार्यक्रम हुने छ । र,अन्तिम दिन २३ गते लैङ्गीक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम, जेसीज सदस्यहरुलाई बीमा योजना हस्तान्तरण गर्दैै समापन गरिने छ ।

दुवै कार्यक्रम दमक उद्योग वाणिज्य सघंको सभाहलमा हुने पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,