कन्याममा नेपालको पहिलो चिया परीक्षण अनुसन्धान केन्द्र खुल्यो

इलाम, मंसिर २७
नेपालको चियाको राजधानी मानिने इलामको सूर्योदय नगरस्थित कन्याममा निर्माण भएको नेपालकै पहिलो चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।

 

कन्याम चियाबगान भित्र निर्माण गरिएको केन्द्रको बिहीबार कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबिच उद्घाटन गर्दै यो कोशी सरकारको गौरबको आयोजना भएको जनाउनु भयो । चियाको बजारीकरणका लागि सो केन्द्र कोसेढुंगा साबित हुने बताउँदै भन्नुभयो, ‘चियामा चौतर्फी समस्या आइरहेको बेला निर्माण भई सञ्चालन भएको केन्द्रले विदेशी वायर ल्याएर सोझै चिया बिक्री गर्न सक्छ । यसबाट हाम्रो आर्थिक उन्नती हुन्छ र नेपालकै पहिचान बढ्छ ।’

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले परीक्षण केन्द्र सञ्चालनका लागि बोर्डले प्राविधिक सहयोग गर्ने उल्लेख गर्दै भारतले नेपाली चिया रोक्ने काम पटक-पटक गर्दा नेपाली चियाको बजार अन्योलमा परेपछि चाइनामा चियाको बजार खोज्ने काम भइरहेको सुनाउनु भयो ।

 

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७७ मा सुरु गरेको २१ करोड ६७ लाख नौ हजार पाँच सय २६ रुपैयाँको लगानीमा होटल, सेमिनार हल, क्याफे सहितको चिया परीक्षण केन्द्र निर्माण गरेको हो । केन्द्रमा चिया अनुसन्धानका मेसिन ल्याउन बाँकी रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,