पथरी, मंसिर ३०
उधौली पर्वको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित किरात राई यायोक्खा पथरी नगर समिति आयोजनामा आइतबार साकेला सिली (नाच) प्रतयोगिता सम्पन्न भएको छ ।
पथरी साकेला थानमा भएको प्रतियोगितामा वडा नम्बर ९ र १० को संयुक्त टोली प्रथम, १ दोस्रो र ३ र ७ को संयुक्त टोली तेस्रो भएको आयोजक समितिका अध्यक्ष प्रेम वाम्बुले राईले बताउनु भयो । ७ वटा टोली सहभागी भएको सिली प्रतियोगितामा २ र ४ नम्बर वडा समिति सान्त्वना भएको थियोे । प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ७ हजार, ५, ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको किरात राई यायोक्ख नगर सचिव निर्मला राईले जनाउनु भयो ।
बाली भित्र्याउने समयका सन्दर्भमा उधौलीका अवसरमा साकेला पूजा पछि शुभकामना आदानप्रदान र साकेला सिली प्रतियोगिता भएको थियो ।
कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नगरपालिकाका पूर्व प्रमुख दिलीपकुमार राई, २ नम्बर वडा अध्यक्ष नैना राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा सो परिसरमा रहेकोे नेपालको संस्थापक राजा यलम्बरको मूर्तिमा माला अर्पण गरिएकोे थियोे ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले सो अवसरमा आफ्नो भनाई राजनीतिक रुपमा जोड्दै कोशी नाम खारेजीको प्रकृया अघि नबढाए निणर्ायक आन्दोलन थाल्ने चेतावनी दिए । कोशी नामले प्रदेशबासीको साझा भावनको प्रतिनिधित्व नगर्ने भएकोले तुरुन्त खारेजी प्रकृयामा लाग्न आग्रह गर्नुभयो ।









