चुलाचुली स्कुलमा अन्तरसदन फुटबल प्रतियोगिता


दमक, पुस ३
दमक १ मा रहेको चुलाचुली अग्रेजी बोर्डिङ स्कुलको अन्तरसदन लिग तथा नकआउट फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

 

गत मंसिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा आज फाइनल खेलमा जुनियर तर्फबाट पायल प्रथा सदनले उपाधि जितेको छ । उसले यूनिस भट्टराई सदनलाई कुनैपनि गोल गर्न नदिई निरन्तर २ गोल गरेर जित आफ्नो पक्षमा पारेको हो । यता सिनियर तर्फ भने यूनिस भट्टराईको सदनले जित निकालेको छ । उसले प्रीजा राई समूहलाई २ का बिरुद्ध ३ गोल लगाएर जित निकालेको हो ।

 

प्रतियोगिताको च्याम्पियन यूनिस भट्टराई सदन भएको छ भने उत्कृष्ट खेलाडी अनिस वान्तावा राई भएका छन् । राईले नै लगातार ६ गोल गरेका कारण उत्कृष्ट स्कोरर पनि घोषित भएको विद्यालयले जनाएको छ । प्रतियोगिताको बिजेतालाई मेडल, ट्रफि र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

 

विद्यार्थीहरुलाई यसखाले प्रतियोगिता गराउँदै सो विद्यालयले जिल्ला स्तरका प्रतियोगितामा ५ पटक र प्रदेश स्तरीय प्रतियोगितामा २ पटक उपाधि जितिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप