सानो प्रयासबाट गोलाटारका विद्यार्थीलाई स्वेटर वितरण

दमक, पुस ८
दमक नगरपालिका वडा नम्बर ३, गोलाटारमा अवस्थित जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो प्रयास युवा समाज दमक ५ ले जाडोको न्यानो कपडा स्वेटर वितरण गरेको छ ।

 

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि संविधानसभा सदस्य दीपक कार्कीले त्यहाँ रहेका १ सय जना विद्यार्थीलाई स्वेटर वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै संविधासभा सदस्य कार्कीले सानो प्रयासबाट विद्यालयहरुमा भएको यसखाले सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै यस्तै हातेमालोमा समाज रुपान्तरण हुने धारणा राख्नु भयो ।

 

विद्यालयका प्रधानाध्यापक धर्मसुन्दर भट्‌टराईसहितका शिक्षक कर्मचारीको उपस्थिती रहेको कार्यक्रममा दमक ३ का वडा अध्यक्ष नवीन बरालको विशेष आतिथ्यता रहेको थियो । वडाध्यक्ष बरालले ग्रामिण वस्तीको विद्यालयलाई हर क्षेत्रबाट माथि उकास्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष छवि खतिवडाले सामाजिक उत्तरदायित्वको भावनाले विद्याथीहरुलाई स्वेटर वितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाकी सदस्य तनुजा दुलालले समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा चार वर्ष अघि  स्थापना गरिएको सानो प्रयासले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने तथा विद्यार्थीहरुलाई कपडासहित सामग्री सहयोग गरेको उल्लेख गर्नुभयो । साथै संस्थाले हरेक महिना कार्यक्रम गर्ने उद्देश्य सहित यस अघि दमक र शिवसताक्षीमा सहयोगका कार्यक्रम अघि बढाएको जानकारी गराउनु भयो ।

 

यसक्रममा, संस्थाले वडा नम्बर ९ मा आर्थिक रुपले अति विपन्न परिवारलाई झुल तथा शैक्षिक सामग्री, दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयमा कापी कमल वितरण, शिवसताक्षी नगरस्थित पाथीभरा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा