दमकमा ‘लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचारको दोस्रो चरणको अभियान’ शुभारम्भ

‘आउँदो वर्षबाट प्रदेशभर लागुऔषध विरुद्धको अभियान सञ्चालन हुन्छ’

दमक, पुस ९
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो आर्थिक वर्षबाट प्रदेशभर लागुऔषध दुव्र्यसन नियन्त्रणमा अभियान नै सञ्चालन गरिने बताउनु भएको छ ।
मुख्यमन्त्री कार्कीले आज झापाको दमक नगरपालिकाले थालेको ‘लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचारको दोस्रो चरणको अभियान’को शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो ।

 

उहाँले आफ्‌नो अघिल्लो कार्यकालमा ‘म अघि बढ्‌छु’ भन्ने भावनात्मक नारामा युवाहरुलाई ‘सगरमाथा टिन्स क्लब’ नामाकरण गरिएको समूहमा समेटेर कार्यक्रम थालिएको प्रसंग ल्याउन भयो । सरकार फेरिँदा कार्यक्रम काटिएको र अब त्यसलाई निरन्तर प्रदेशका विद्यालय विद्यालयमा अभियानका रुपमा सुचालु गरिने उल्लेख गर्नुभयो । टोल टोल र वडा वडाबाट गरिएका प्रयासले लागुऔषध नियन्त्रण प्रभावकारी हुने भन्दै नगरपालिकाले थालेको अभियानको प्रसंशा गर्नुमात्र होइन अभियानमा प्रदेशले सबै हिसाबले सघाउने वचनवद्धता व्यक्त गर्नुभयो ।

 

मुख्यमन्त्री कार्कीले आफ्‌नो आफ्‌नो क्षेत्रबाट यसको नियन्त्रणमा लाग्नुपर्ने र भारतीय सीमा क्षेत्रबाट नै लागुऔषध भित्रिन रोक्नु अझ महत्वपूर्ण पक्ष रहने उल्लेख गर्दै भारतीय अधिकारीसँग यसबारेमा गहन छलफल आवश्यक रहेको समेत औंल्याउनु भयो ।

 

 

कार्यक्रममा पूर्व संघीय सांसद महेन्द्रकुमारी लिम्बुले घरका अभिभावकहरुले आफ्‌ना छोराछोरीको बढी ख्याल राखेर दुव्र्यसन हुनबाट जोगाउनु पर्ने कुरामा जोड दिनु भयो । सो सन्दर्भमा बोल्दै माओवादी केन्द्रका गगन पुरीले रोजगारमूलक र आत्मनिर्भर बनाउने शिक्षा नीति नहुँदा पनि लागुऔषध दुव्र्यसनमा युवापुस्ता फस्दै गएको तर्क राख्नु भयो ।

 

कार्यक्रमका सभाध्यक्ष एवम् अभियानका संयोजक दमक नगर प्रमुख रामकुमार थापाले प्रहरी साझेदारी समितिसहित नगर, वडावडा तथा विद्यालयहरुमा समिति बनाएर वार्षिक कार्ययोजनाकासाथ लागुऔषध नियन्त्रण अभियानलाई मूर्त रुप दिने कोशिस भइरहेको जनाउनु भयो ।

 

कार्यक्रममा दमक नगरको सामाजिक विकास समिति संयोजक सारदा भट्‌टराई र नेपाली कांग्रेसका शेरबहादुर भट्‌टराईले आफ्‌ना छोराछोरीलाई मनोवैज्ञानिक तरिकाले सुधार्नु आवश्यक रहेको धारणा राख्नु भयो ।

 

कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्‌टराई प्रसाईंले सभ्य समाज निर्माण गर्न सबैको सहकार्य आवश्यक रहेको जनाउँदै नगरपालिकाले आर्थिक विपन्न अवस्थाका ३० जना लागुऔषध प्रयोगकर्तालाई सुधार गरी पुनस्र्थापना गराएको प्रसंग उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा, दमक नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले २०८० पुसबाट थालिएको पहिलो चरणको अभियान अन्तर्गत भएका गतिविधिका बारेमा समीक्षात्मक जानकारी प्रस्तुत गर्नुभयो । यो अवधिमा दुव्र्यसनमुक्त भई अरुलाई पनि मुक्त बनाउने अभियानमा लाग्नु भएका दमक ७ का पशुपति फागो र ७ नम्बरकै संयुक्त टोल विकास समितिलाई पुरस्कृत गरिएको छ । अभियानमा दमक नगरबाट १० लाख र प्रदेश सरकारबाट ५ लाख रकम विनियोजन भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय