कोशीको राजस्व २० प्रतिशतले बृद्धि गर्ने लक्ष्य : मुख्यमन्त्री कार्की

संस्कृति प्रवद्र्धनमा जुट्ने बालबालिकाहरुको सम्मानमा कार्यक्रम

दमक, पुस १३
भाषा, कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन भन्ने कुरामा कसैको पनि दुईमत छैन । त्यसमा पनि अन्याय चिरेर न्यायको बाटोको यात्रा तय गर्दै सृजनशील र सार्थक जीवन जिउँने कुराको सांस्कृतिक जागरणको छुट्टैखाले महत्व हुन्छ । त्यसका लागि जाग्न र लम्किनु पर्ने सन्देश बालबालिकाहरुले छरेका छन् ।

 

गीत संगीतमार्फत जागरण ल्याउने जनवादी गीतहरुको ओजलाई उजागर गर्दै त्यसको मर्मलाई जीवन्त राखिराख्ने योजनामा गएको तिहारमा झापाको दमकमा सामूहिक देउसीभैलो खेलियो । त्यो पनि जनवादी गीतमा १ सय २२ जना कलाकारको एकै पटकको प्रस्तुतिले छुट्टै अनुभूति गराएको थियो । नेकपा एमाले दमक नगरमार्फत सञ्चालित त्यो ऐतिहासिक देउसीमा सहभागि तिनै कलाकारहरुको योगदानको सम्मानका लागि आज झापाको दमकसँग जोडिएको दक्षिणी इलामको चुलाचुलीस्थित चपेटीमा विशेष कार्यक्रम आयोजना गरियो । उनै कलाकारहरुले त्यो बेला प्रस्तुत गरेको सामूहिक प्रस्तुतिहरु समेत राखेका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले जनवादी सँस्कृतिको जगेर्नासहितको यसखाले भेटघाट कार्यक्रमले पार्टीलाई पुनर्जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । अरुले जति अफवाह फैलाउने प्रयत्न गरेको भएपनि एमालेको अगुवाईको सरकारले स्रोत र साधनले भ्याएसम्म संघ र प्रदेशमा विकासको गति अघि बढाएको प्रसंग अघि सार्दै संघले १७ प्रतिशत र कोशी प्रदेशले १८ प्रतिशत बढी राजस्व बृद्धि गर्न सफल भएको उल्लेख गर्नुभयो । यसक्रममा उहाँले भन्नु भयो ‘हामी अबको आर्थिक वर्षमा कोशीको राजस्व २० प्रतिशतले बृद्धि गर्नेछौं ।’

 

एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले बालबालिका मार्फतको सांस्कृतिक चेतनाको अभियानको प्रशंसा गर्दै एमालेमाथिको चौतर्फी आक्रमण र घेराबन्दीका विरुद्धमा एकजुट भएर प्रतिवाद गर्नु पर्ने भनाई राख्नु भयो । उहाँले भन्नु भयो ‘समृद्धिको अभियानमा लागेको एमाले विरुद्धको अफवाह मिसन ०८४ ले चिर्नेछ ।’

 

एमालेका कोशी प्रदेश सचिवालय सदस्य अम्बिका खनालले एमालेले इतिहासकालमा अघि बढाएको जनवादी गीत संगीतको माध्यमबाट देउसीभैलो प्रस्तुत गरेर सामाजिक रुपान्तरणको प्रयास गर्नु सह्राहनीय काम भएको धारणा राख्नु भयो ।

 

कार्यक्रममा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले साँस्कृतिक कार्यक्रममा बालबालिकाहरुलाई एउटा परिवारका रुपमा जोडेर अघि बढ्दै उनीहरुलाई सम्मान गर्नु पार्टीको कर्तव्य भएको जनाउनु भयो ।

 

वनभोजसहितको कार्यक्रममा देउसीभैलोमा प्रस्तुत भएका कान थापेर सुनिदेउ दाजु, जाग लम्क, गाउँ गाउँबाट उठ लगायतका जनवादी गीतका झलकहरु प्रस्तुत गरेका छन् । सो अवसरमा देउसीभैलोमा सहभागि कलाकारहरु र आकर्षक नृत्य तयार गर्ने नृत्य निर्दशकहरुलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही