विद्यालक्ष्मीमा विज्ञान प्रदर्शनी, विद्यार्थीमा खुसी

दमक, पुस १४
केही समयअघि व्यवस्थापन परिवर्तन भएको झापाको दमक ४ स्थित कृष्णमन्दिरमा रहेको विद्यालक्ष्मी सेकेन्डरी स्कुलले विद्यार्थीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन आज विज्ञान प्रदर्शनी गरिएको छ ।

 

विद्यार्थीलाई सृजनशील बनाउने योजना अनुरुप विद्यार्थीहरुबीच पुस १२ मा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको ३ दिनपछि यसखाले प्रदर्शनी राखिएको हो । जसमा सौर्यमण्डलका बारेमा फोरडी एनिमेशनमार्फत तयार गरिएको सामग्री प्लानेटरियम् डोम शो मा पालैपालो सबैखाले विद्यार्थीकालागि प्रस्तुत गर्दै त्यसका बारेमा व्याख्या समेत गरिएको छ । जसलाई दमक ९ स्थित साइन्स भिजन एक्जिविसन एण्ड प्लानेटरियमले प्रस्तुत गरेको यसका प्रस्तुतकर्ता दीपेन्द्र चौलागाईंले उल्लेख गर्नुभयो ।

 

विद्यार्थीहरुले त्यसलाई चाख मानेर हेर्नुमात्र होइन उनीहरु निकै रमाए । सौर्यमण्डलको जानकारीसहितको पृथ्वीमा भएका जीवतन्तुसहितका माध्यमबाट मनोरञ्जनात्मक भिडियोसमेत प्रस्तुत हुँदा विद्यार्थी रमाउनेस्थलसमेत बन्न पुग्यो ।

 

विद्यार्थीहरुले पाठ्यपुस्तकमा पढ्दै आएको विषयलाई थप आकर्षक रुपमा बुझाएर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन यसखाले प्रदर्शनी राखिएको विद्यालयका संयोजक दीप न्यौपानेले उल्लेख गर्नुभयो ।

 

२०५१ सालमा स्थापित कक्षा १० सम्मको सो विद्यालयमा हाल २ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,