आज राष्ट्रिय टोपी दिवस

एकदिन नक्कल नगरी सधैंभरी टोपी लगाउन सहभागिको जोड

दमक, पुस १७
झापा दमकका कवि मेघनाथ बन्धुले नेपाली पहिचान टोपी सम्बन्धीको कविता अंश बुधबार राष्ट्रिय टोपी दिवसका अवसरमा दमक चोकमा आयोजित कार्यक्रममा प्रस्तुत गरेर टोपीको शान उजागर गर्नुभयो ।

 

विगत १० वर्षदेखि वर्षेनी राष्ट्रिय टोपी दिवस मनाउँदै आएको स्थानीय जीवनचक्र समाज नेपालले आयोजना गरेको टोपी दिवसको कार्यक्रममा सहभागिले एकदिन मात्र टोपी नलगाई सधैं दिन नेपालीले टोपी लगाउनु आवश्यक रहेकोमा जोड दिएका छन् ।

 

कार्यक्रममा बोल्दै दमक नगर प्रमुख रामकुमार थापाले नेपालीहरुको पहिचान रहेको टोपीको विशेष महत्व रहेको दर्शाउनु भयो । उहाँले नेपालीको मौलिक संस्कृति संरक्षण गरी आउने पिँढीलाई यसको हस्तान्तरण गर्न आवश्यक रहेको जनाउँदै उहाँले भन्नुभयो ‘संस्कृति र सम्भता हाम्रो पहिचान हो, राष्टियता हाम्रो शान हो, हिन्दुत्व हाम्रो अभिमान हो ।’

 

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार हेमनाथ अधिकारीले विभिन्न देशमा शीरमा टोपी लगाउने चलन भएपनि नेपाली टोपी सगरमाथाको जस्तो उचाईसँग जोडिने गरेकाले यसको विशेष महत्व रहेको प्रसंग अघि सार्नुभयो । उहाँले एकदिन मात्र टोपी लगाउने नक्कल नगर्न र टोपी लगाउँदा नेपाली मौलिक पोशाक दौरासुरुवालमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो ।

 

कार्यक्रमका अर्का सहभागि दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काले नेपाली पहिचानको टोपी आर्थिक विपन्नका लागि चाँही वितरण गर्नु अझ सान्दर्भिक हुने तर्क राख्नुभयो ।

 

कार्यक्रममा दमकलाई शिक्षाकासाथै भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका मेघराज तिम्सिनालाईं पशुपति ढाका उद्योगले निःशुल्क उपलब्ध गराएको दौरासुरुवाल र ढाकाटोपीले सम्मानित गरिएको छ ।

 

कार्यक्रममा हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने, पूर्व डीएसपी जीवन श्रेष्ठ, लायन्स क्लब अफ हिमालयन टाइगरका अध्यक्ष रेवन्तचन्द्र भण्डारी, साँस्कृतिक अभियन्ता बेनु चुडाल लगायतले सधैंदिन टोपी लगाउने कुरामा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
जीवनचक्र समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बेनुपराज प्रसाईको अध्यक्षताको कार्यक्रममा संस्थाले सहभागि सबैलाई ढाका टोपी वितरण गरेको थियो । त्यहाँ सहभागि महिलाहरुले समेत ढाकाटोपी लगाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही