गुमनाम एक इतिहास बिसे नगर्ची

खोजकर्ता दीपेन्द्र राष्ट्रिय सम्मानबाट काठमाडौंमा सम्मानित

पथरी, पुस १८
मोरङ पथरी शनिश्चरेका खोजकर्ता/लेखक दीपेन्द्रराज तिम्सिना काठमाडौंमा सम्मानित हुनु भएको छ ।

 

खोजकर्ता तिम्सिनालाई राष्ट्रिय धरोहर प्रतिष्ठान समाज नेपालले १२ औ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा सम्मानित गरेको हो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले तिम्सिनालाई दोसल्ला ओढाई अभिनन्दन पत्र सहित सम्मान गर्नुभएको थियोे । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज अनुसन्धान गरि नेपालमै पहिलो पटक ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशन गरि गौरबमय इतिहास खोज, लेखन गरेकाले राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मानबाट सम्मानित गरिएको समाजका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो । यहाँले इतिहासको पानामा मात्र सिमित नेपाल एकीकरणका मूर्धन्य व्यक्तित्व पृथ्वीनारायण शाहलाई उचित समयमा उचित सल्लाह दिई राज्य एकीकरणका सुपात्र बिसे नगर्चीको बिषयमा एक्लो प्रयासबाट गहिरो अध्ययन गरि दुई संस्करण ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तकमार्फत इतिहासलाई पुनर्जागृत मात्र गर्नु नभई नेपालका शिल्पी समुदायको राष्ट्र निर्माणको योगदानलाई संसार सामु चिनाउन सफल हुनुभएको कुरा कदर पत्रमा उल्लेख छ । राष्ट्रको श्रीवृद्दि राष्ट्रको शीर उच्च राख्न अनवरत सेवामा तत्पर रहनु भएकोले यहाँको सत्कर्मको उच्च सम्मान गर्दै सम्मानित गरिएको जनाइएको छ ।

 

खोजकर्ता तिमिल्सिनाले बिसे नगर्चीको इतिहास गोरखासम्मनै पुगेर खोज अनुसन्धान गरि लेखेको पुस्तक दोस्रो संस्करण समेत प्रकाशन गर्नुभएको थियोे । सोही कार्यक्रममा कार्यक्रममा अन्य पत्रकार, साहित्यकार संस्कृतिविद सहित १९ जनालाई सम्मान गरिएको थियोे ।

 

तिम्सिना यस अघि सामुदायिक वन उपभोक्ता महासंघ मोरङ २०६५, अरुणोदय अंग्रेजी बिद्यालय पथरी शनिश्चरे– १० २०६६, नेपाल जेसीज २०७४ पथरीसहित २०७४ देखि २०८१ सम्म, पथरी उद्योग वाणिज्य संघ, तिम्सिना समाज मोरङ २०७९, प्याब्सन पथरी शनिश्चरे नगर समिति, भूपू सैनिक बोर्डिङ पथरी शनिश्चरे १ २०७९, बालनमुना वोर्डिङ पथरी शनिश्चरे १०, २०७९, तिमिल्सिना समाज कोशी प्रदेश २०८०, पथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय २०८०, लगायतका दर्जन बढी संघ संस्थाबाट सम्मानित हुनु भएको छ ।

 

तिम्सिनाका हालसम्म प्रकाशित पुस्तकहरु टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संङगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० (भुटानी शरणार्थीको कथा व्यथा) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ पहिलो संस्करण, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ दोस्रो संस्करण रहेका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,