बाल गायक सचिनको निधनमा प्रधामन्त्री ओलीबाट दुःख व्यक्त

सचिनलाई ‘भाइरल’ बनाउँदै सुविस्ताले बाँच्नसमेत दिइएन

दमक, पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले आफू दुःखी भएको बताउनु भएको छ ।

 

पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि असर पुर्‍याएको बताउँदै फेसबुकमार्फत अभिव्यक्तिमा भन्नुभयो ‘यस घटनाबाट संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने पाठ सबैलाई सिकाएको छ ।’

 

पारिवारि बेमेलका कारण उचित हेरचाहको समस्या भोग्दै आएका सचिनको बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत सचिनको निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ ।

 

भाइरल बाल गायकका रूपमा परिचित सचिनले थुप्रै गीत गाउनुका साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गर्नुभएको थियो ।
हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका सचिनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।

 

अलि दुःख पाएको तर प्रतिभा भएको सोझो बालक सचिन सबैको युट्यूबको बिकाउ सामग्री बनाइए । एउटा अबोध बालक सचिन जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्‍याउने, कहिले सहरमा, कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच आर्थिक कमजोर सचिनको शरीर पनि कमजोर भयो र रोगी हुन पुगेको देखिन्छ ।

 

 

त्यही रोगी शरीरलाई कहिले दोहोरीमा पुर्‍याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । सचिन नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइएको घटनाले बौद्धिक वर्गलाई यो बेला अझ चिमोटेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप