अनुशीलन

पेशाले होमियो चिकित्सक, मनले लेखक लेखनाथ

दमक, पुस २०
पेशा व्यवसायले मानिसलाई जीवन जिउन भरोसा गर्छ । कतिले त पेशा/व्यवसारबाट राम्रो आम्दानी गर्छन् । राम्रो धन आर्जन गर्ने कतिपयले दुःख पाएकाहरुलाई सहयोग गरिरहेका हुँदैनन् । तर कतिपय कम कमाई भएकाहरुले समेत दुःखीहरुलाई सहयोग गर्ने गरेको देखिन्छ । आफ्‌नो आम्दानी दर्बिलो नभएको अवस्थामै झापा दमकका होमियो चिकित्सक डा.लेखनाथ न्यौपानेले बचत गर्न थालेको अभियानले आखिरीमा एउटा राम्रै अक्षयकोष खडा गर्‍यो ।

 

पिता छविराम न्यौपाने र माता महेश्वरा न्यौपानेका सन्तानका रुपमा इलामको तात्कालिन लुम्दे गाविसमा वि.सं.२०२७ साल साउन ९ गते जन्मिनु भएका लेखनाथ झापाको दमक ६ मा रीता होमियो क्लिनिक सेन्टरलाई आफ्‌नो प्रमुख व्यवसाय बनाएर जीवनको चर्खा घुमाइरहनु भएको छ । आफ्‌नो मुख्य पेशा चिकित्सा भएपनि आर्थिक विपन्न असहाय वर्गकालागि पठन पाठनमा सघाउन र साहित्यिक क्षेत्रबाट योगदान दिने सर्जकहरुलाई सम्मान गर्न ११ लाखको अक्षयकोष खडा गरेर समाजसेवाको क्षेत्रमा आफ्‌नो दर्विलो उपस्थिती जनाउनु भएको छ ।

 

आफूले जीवनमा निकै कठिनाई भोगेर बल्लतल्ल होमियोप्याथीमा भारतको मुम्बईबाट बीएचएमएस अर्थात डक्टरेड गरेको संघर्षको कथा व्यथालाई सदा स्मरण गर्दै मनले सृजनशील भएर बाँच्ने प्रेरणा छर्न उहाँ तल्लिन हुनुहुन्छ । समाजका होचाअर्गेला अवस्था नियाल्दै जाँदा भावुक अर्थात कोमल मनका उहाँलाई लेखक बनायो । कोरोना कहर सहितका पीडाले उहाँलाई थप लेख्ने प्रेरणा भर्‍यो । फलस्वरुप ०६५ सालमा पहिलो कृतिका रुपमा ‘सरल होमियोप्याथिक चिकित्सा प्रणाली’ प्रकाशन गर्नुभयो । त्यसपछि उपन्यास ‘छोरा’, कथा संग्रह ‘हराएका अनुहार’ र लेख संग्रह ‘स्वस्थ कसरी रहने’ प्रकाशित गर्नुभयो । २०८० मा नेपालकै इतिहास, भुगोल, संस्कृतिसहितलाई समेटेर ६८१ पृष्ठको खोजपरक कृति ‘मेरो देश’ प्रकाशित गरेपछि भनें उहाँको लेखकको हिसाबले परिचय अझ फराकिलो बन्यो । सो कृतिको २०८१ मा दोस्रो संस्करण भुँडी पुराण प्रकाशनले प्रकाशित गरिदिएको छ ।

 

रोगको उपचारसँगै जीवनउपयोगी खानपानसहित कसरी स्वस्थ रहने भन्ने विषय समेत सुझाएर समाजसेवाको शैलीमा उहाँ हरकोहीको सेवक बनेको देख्न सकिन्छ । अर्थात मनले बाँच्दै अरुलाई पनि मनले बाँच्ने सन्देश छर्न र सृजनशीलताको विकासका लागि नेपाल लाइब्रेरी फाउण्डेशन झापाका संयोजक, हिमालय मावि दमकको पूर्व विद्यार्थी समूह संयोजक, अल नेपाल होमियोप्याथिक एशोसियसन, रोटरी क्लब अन्तर्गतको हिमालयन टाइगर इलाम दमक सरोकार मञ्चमा आवद्ध भइ सक्रिय गतिविधिका अगुवा हुनुहुन्छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा प्रस्तुत भलाकुसारी भिडियोमा :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ