विद्यार्थीलाई अण्डा वितरण

अण्डा व्यवसायको प्रवद्र्धन अभियान, व्यवसायिक एकतामा जोड

दमक, पुस २२
बालबालिकाको बढ्दो उमेरमा शारीरिक विकासकालागि प्रोटिनयुक्त अण्डाको सेवनको समेत महत्व हुन्छ । अण्डाको महत्व बढ्दै जानुपर्ने अवस्थामा झापामा अण्डा व्यवसायिहरुको संख्या भनें घट्दै गएको परिस्थिती छ । यसको तालमेल मिलाउन अण्डा व्यवसायीहरु कोशिसमा छन् । यसको तालमेलको प्रयासस्वरुप विद्यार्थीहरुबीच अण्डाको महत्व दर्शाउँदै अनि व्यवसायिक प्रवद्र्धनसँगसँगै गर्दै झापा जिल्ला अण्डा उत्पादक संघले यो वर्ष परेको १२ औं राष्ट्रिय पोल्ट्रि दिवस मनाएको छ ।

 

संघले सामाजिक उत्तरदायित्व अन्तर्गतका ३ वटा कार्यक्रम गर्‍यो । दमक ३ को चुलाचुली मावि दुम्से र दमक ४ स्थित जनचेतना आधारभूत विद्यालय अर्नाखाडीका विद्यार्थीलाई विद्यालयमै पुगेर अण्डाको महत्व दर्शाउँदै खाजाका रुपमा उसिनेको अण्डा वितरण गरेको छ । अनि दमक २ मा रहेको मानव सेवा आश्रममा न्यानो कपडा र खाद्य सामग्री वितरण गरेर दिवस मनाएको छ ।

 

विद्यार्थीका लागि निःशुल्क अण्डा वितरण गरेकोप्रति विद्यालयहरुले खुसी व्यक्त गर्दै पालिकाले समन्वय गरेर विद्यार्थीको दिवा खाजामा अण्डालाई समावेश गर्न पहल गर्नु आवश्यक रहेको त्यसमध्येको एक जनचेतना आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष समुन्द्रा लामाले प्रसंग अघि सार्नुभयो ।

 

अहिले अण्डा प्रतिगोटा २० रुपैयाँ पर्छ । तर सरकारले कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीका लागि प्रति विद्यार्थी खाजा खर्च १५ रुपैयाँ मात्र छुट्याएको छ । यो हिसावले पनि खाजाका रुपमा खण्डा खुवाउने कुरामा समस्या भएको देखिन्छ । जनचेतना आधारभूत विद्यालयमा अण्डा वितरण कार्यक्रममा सहभागि दमक ९ का अध्यक्ष कुवेरप्रसाद भट्टराईले यसखाले अप्ठेरो अवस्थामा सहजता खोज्न कोशिस गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘हामीले कम्तिमा पनि खाजाको रकम २० रुपैयाँ पार्न नगरले ५ रुपैयाँ थप्ने योजनामा छलफल गर्दा १ करोड बढी रकम जाने रहेछ, त्यो व्यवस्थापन तत्काल हुन नसक्दा समस्या यथावत भइरहेको छ ।’

 

स्थानीय पालिकाले समेत समन्वय गरेर विद्यालयहरुमा हप्तामा ३ पटक खाजाका रुपमा खण्डा वितरण गर्ने नीति ल्याएमा कमजोर अवस्थाका विद्यालयका लागि संघले अण्डा समेत उपलब्ध गराउने संघका झापा अध्यक्ष भरत चम्लागाईंले कार्यक्रममा उद्घोष गर्नुभयो । अध्यक्ष चम्लागाईंले अण्डा व्यवसायीहरुलाई प्रोत्साहित गर्ने सरकारी नीति नहुँदा अण्डा उत्पादक व्यवसायीहरु पलायन हुँदै गएको जनाउँदै भारतबाट भित्रिने सेतो अण्डाले व्यवसायिक मार पारिरहेको समेत समस्या दर्शाउनु भयो ।

 

सामाजिक उत्तरदायित्वसहित पोल्ट्रि दिवस मनाउँदै संघको झापा जिल्ला समितिले आफ्‌नो पाँचौं वार्षिक साधारणसभा समेत एकसाथ सम्पन्न गरेको छ । दक्षिणी इलामको चपेटीमा आयोजित साधारणसभामा बोल्दै सुनसरीका अण्डा उत्पादक अगुवा किसान धनशेर लिम्बूले झापाको संगठित अभियानको बाटो पछ्याउँदै सबैतिर संगठित भएको अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

 

कार्यक्रममा झापाका अगुवा अण्डा उत्पादक माधव पराजुलीले किसानहरुबीच एकता र विश्वासमा कमि रहेकाले समस्या भएको उल्लेख गर्दै आफैंलाई सक्रिय बनाएर आफ्‌ना समस्या समाधानमा अघि बढ्नु आवश्यक रहेको चर्चा गर्नुभयो ।

 

झापामा एकसमय १ सय ५० बढी अण्डा उत्पादक फर्म रहेकोमा हाल आएर त्यो संख्या घट्दै ३५ वटाको हाराहारीमा झरेको छ । अण्डाको भाउ पाउन र तत्काल बिक्रीमा समस्या भएका कारण यो अवस्था भएको व्यवसायीले जानकारी गराएपछि मानव सेवा आश्रममा भएको कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापाले त्यसमा आफ्‌नो ध्यानाकर्षण भएको जनाउनु भयो । उहाँले यसखाले समस्या पालिकातहले मात्रै समाधान गर्न नसकिने भएकाले माथिल्ला निकायमा पनि यसलाई पुर्‍याउन आफूले पहल गर्ने अभिव्यक्ति दिनु भयो । उहाँले भन्नुभयो ‘देशव्यापी नीति बनाएर जानु आवश्यक छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ