प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न

पथरी, माघ ५
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ ।

 

पथरीको जाँतेमोडस्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताको समापनका अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

 

प्रतियोगिता अन्तर्गत भलिबल छात्रातर्फबाट एभरेष्ट बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको थियो भने ’ फष्ट रनर अप’ रेडस्टार माध्यमिक विद्यालय घोषित भएको थियो ।

 

यसैगरी, भलिबल छात्रतर्फको उपाधि भूपु सैनिक स्कुलले हात पारेको थियो भने अरुणोदय बोर्डिङ स्कुल फ्रष्ट रनर अप भएको छ ।

 

यसैगरी, कुल १६ वटा विद्यालयहरूले भाग लिएका १५ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी मेमोरियल स्कुलले चुमेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा प्याराडाइज बोर्डिङ स्कुल विरुद्ध वाल्मिकी मेमोरियलले ३–० को गोल अन्तरमा पराजित गर्दै उपाधि उचालेको हो ।

 

प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न सो प्रतियोगिताको समापन समारोहमा प्याब्सन कोशी प्रदेश सहसचिव नवोलकिशोर खनाल, प्याब्सन मोरङ सदस्य खड्गबहादुर श्रेष्ठ, पथरी शनिश्चरेका सल्लाहकारद्वय उपेन्द्र कँडेल र टिकाप्रसाद दङ्गाल, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरस्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, गायक डम्बर नेपाली, लगायत नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापकहरू तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको प्याब्सन नगरसचिव सुजन बास्तोलाले जनाउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप