युवाहरुलाई कम्प्युटर अपरेटर बनाउन दमक ५ र ८ को जमर्को

दमक, माघ १०
झापाको दमक नगरपालिका अन्तर्गत वडा नम्बर ५ र ८ ले आफ्‌ना वडाका युवाहरुलाई कम्प्युटर अपरेटर बनाउने जमर्को गरेको छ । जस अन्तर्गत यी दुई वडाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम अन्तर्गत आधारभूत कम्प्युटर अपरेटर सम्बन्धी ३ महिने तालिम बिहीबारबाट सुरु भएको छ ।

 

दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनको सहजीकरणमा सुरु भएको तालिमको वडा नम्बर ५ का सदस्य खड्गबहादुर राई, ८ का सदस्य हरिमाया चुडाल, ५ का सचिव निधिनारायण ढुंगेल, ८ का सचिव संदीप सुवेदीसहितको उपस्थितीमा कार्यक्रम उद्घाटन गरिएको हो ।

 

कार्यक्रममा बोल्दै ५ नम्बर वडा सदस्य खड्गबहादुर राईले युवाहरुका लागि आवश्यक पर्ने कम्प्युटर प्रविधिसँग जोड्ने प्रयासमा वडाहरुले तालिम राखेको जनाउनु भयो ।
कार्यक्रममा बोल्दै ८ नम्बर वडा सदस्य हरिमाया चुडालले कम्प्युटरको आवश्यकता र महत्वका बारेमा प्रष्ट्याउँदै कम्प्युटर र मानवबीच नङ र मासुको सम्बन्ध स्थापित भएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनका प्रिन्सिपल राम पौडेलले हरेक प्रतिष्पर्धामा आफू अघि बढेर केही गर्ने अठोट युवाहरुमा हुनुपर्ने कुरामा जोड दिँदै युवाहरुलाई प्रविधितर्फ प्रोत्साहित गर्नुभयो ।

८ नम्बर वडा सदस्य पदम गिरीको अध्यक्षताको कार्यक्रममा ५ नम्बर वडा सचिव निधिनारायण ढुंगेल, ८ नम्बर सचिव संदीप सुवेदीसहितले मन्तव्य व्यक्त गर्नुभयो । तालिममा वडा नम्बर ५ का २४ जना र ८ का ३० जनाको सहभागिता रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ