कविता

भुटानी शरणार्थी

छानी छानी सोधी सोधी ताने
त्यहाँसम्म सित्तैमा पुर्याइदिने
सम्भावना र मौकाका पासामा
देश देश जोड्ने ताम्रपत्रमा
महा ल्याप्चे धसेपछि
म निथ्रिएँ मबाट र पोखिएँ देशबाट ।

 

काटी खाने पशु प्रेम जस्तो नरेश भावना
ग्वाम्मै भड्खालोमा लगेर ढुनमुन्याउने सम्भावना
झिँगोको टाउको जत्रै खुसीमा
सप्तऋषीको दिमाग साँघुरो पारेर पित्केमा
रमाउँदै रमाउँदै टाँसिए चिनीमा
गुलेलीमा मेरो टाउको मर्याक्क अँठ्याएर
सात डाँडापारिको निसानामा एक बाँह तन्काएर फिता
नरेशले छाडेपछि मैले चिनें डाँडावारि टाउको खसेको ठाउँ
अलिकतिले मर्न नसकेको जीवन बाँच्ने पो त बाँच्ने भन्छन्‌
जिन्दगीभरि मर्न नसकेको मृत्यु बाँचिस् पनि भने
म सम्झे जति मर्न चाहन्थें तर चाहे जति बचाए
भित्र अलिकति धुकधुकी रहेको मट्याङ्ग्रो
निधारमा अर्कै पहिचान छ अर्कै अस्तित्व भने देखेर
नेपाली छ नाम थर अनेपाली बिक्रीमा राखे लेखेर
म निथ्रिएँ मबाट र पोखिएँ परिवेशबाट, के गरूँ ?

 

न जाने ठाउँ थियो आफ्नो न कोही आफ्नो थियो आफ्नो
छैन भन्नु केही छैन विडम्बना मात्र म स्वयम् म छैन
छ भनेको पनि मेरो आफ्नै चाहिँ म पनि होइन
सुनका भाउमा बेचिएको महँगो पित्ले थिगार
अझै कति पल्ट बनाइने छु सरकारी सिगार
म मारिँदै जन्माइन्छु र जन्माउँदै मारिन्छु
थाहा पाउनु भो ? पछिल्लो पल्ट नेपाल सरकारले
म भनेर उसका नागरिक बेच्यो प्रकार प्रकारले ।
हाल : ओहायो अमेरिका

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय