दमक ५ नम्बर वडाद्वारा फुटबल खेलाडी उत्पादन प्रशिक्षण

दमक, फागुन ३
झापाको दमक नगरपालिका वडा नम्बर ५ स्थित खुला स्थान । फुटबल खेल्ने आधिकारिक खेल मैदान नभएपनि खुला ठाउँमा यहाँका वयस्कहरु फुटबल खेल्ने अभ्यास गरिरहेका छन् ।

 

नगर स्तरीय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्धेश्यले त्यहाँ फुटबल खेलको अभ्यास भएको हो ।

 

दमक ५ ले त्यहाँ एकजना कोचनै नियुक्त गरेर बिहान र साँझ गरी दिनमा दुई पटक फुटबलको अभ्यास गराइरहेको वडा सदस्य खड्ग राईले जानकारी दिनुभयो ।
अभ्यास खेलमा बिहानको सत्रमा २० जना खेलाडीहरु सहभागी भएका छन् । बिहान १२ वर्ष भन्दा कम उमेरका बालबालिका सहभागी हुन्छन् भने दिउँसो त्यो भन्दा माथीको उमेर समूहका ३० जना अभ्यासकालागि आउने गरेका छन् । अभ्यासमा आएका प्रशिक्षार्थीहरु जीवन भट्टराई, कृतिका थापा, प्र्रिन्स कार्कीसहितको एउटै भनाई छ ‘वडा कार्यालयले कोचको व्यवस्थानै गरेर फुटबल सिकाउँदा हामीले पनि अभ्यास गरेर केही नयाँ कुरा सिक्ने मौका पाएका छौ ।’

 

एन्फा कोच बादल माझीलाई तीन महिना सम्मकालागि वडाले नियूक्त गरेको छ । अनुभवी प्रशिक्षक मार्फत फुटबलप्रेमीहरुले त्यहाँ खेल सिक्न पाएका छन् । खासगरी ५ नम्बर वडाले आफ्‌नो वडामा खेलाडी उत्पादन गर्न यो प्रशिक्षण गराएको भएपनि अन्य वडाबाट पनि इच्छुकहरु सहभागी हुने गरेका छन् । उनीहरुको सकृयता देखेर केही व्यक्ति तथा संस्थाहरुले केही खेल सामग्री पनि हस्तान्तरण गरेर प्रशिक्षार्थीहरुको मनोवल बढाउने काम भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको