गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहु खुसी

एजेन्सी, फागुन ५
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट प्यालेस्टाइनीलाई हटाएर अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना उत्कृष्ट रहेको बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।

 

जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भेटमा नेतान्याहुले सो कुरा बताउनु भएको त्यहाँँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सोे भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा आसाद सरकारको पतन पछिको सिरिया, इरानले निर्माण गर्नसक्ने आणविक हतियार तथा हमासको शक्तिलाई कसरी कमजोर पार्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

 

सोही भेटमा गाजालाई अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको दृष्टिकोणलाई कार्यान्वयनका बारे पनि सल्लाह भएको उल्लेख छ । अहिले मध्यपूर्वमा रहेको रुबियो साउदी अरेबियामा हुने रुस र अमेरिकाको शान्ति वार्तामा सहभागी हुनेछन् ।

 

नेतान्याहुले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसीसी) माथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा धन्यवाद समेत दिनु भएको छ । आइसीसीले गत वर्ष नेतान्याहुसहित तत्कालीन इजरायली रक्षामन्त्री युसुफ गालान्ट र सो समयका हमासका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने