स्मारिका उत्सव

विद्यार्थीका यी स्टलहरु जहाँ सिकाइको व्यवहारिकता झल्केको थियो

दमक, फागुन १२
कुनै मेला, महोत्सव भन्दा कम थिएन कमल ५ मा रहेको स्मारिका सामुदायिक बोर्डिङ स्कुलमा देखिएका यी स्टलहरु । मेला महोत्सवमा राखिएका स्टलहरुमा त्यहाँका व्यापारी वा कर्मचारीले आफ्नो सामान वा सेवाको बारेमा जसरी ब्रिफ्रिङ गर्दछन्, त्यहाँ पनि त्यसरीनै आफ्नो स्टलको बारेमा ब्रिफिङ भएको थियो । तर यहाँ ब्रिफ्रिङ गर्नेहरु कुनै व्यवसायिक प्रोमोटर थिएनन् । यी त विद्यालय तहका विद्यार्थीहरु थिए । अनि यी स्टलमा बाहिरबाट होलसेलमा किनेर ल्याइ रिटेलमा बेच्न राखिएका स्टल पनि होइनन् । यहाँका हरेक स्टलका सामान र सेवा विद्यार्थीका आफ्नै उत्पादन र सिर्जना हुन् । विज्ञान प्रविधियुक्त सामग्रीको स्टलहरु सिकाईका थप उपलब्धिका रुपमा थिए । साथै लोपोन्मुख साँस्कृतिक बस्तुहरुका समेत स्टल सबैका आकर्षण बनेका थिए ।

 

आफ्नो पाठ्यपुस्तकसगै अतिरिक्त समयमा विद्यार्थीहरुले सिकेको ज्ञानको यहाँ प्रस्फुटन गराएका छन् । यी स्टलमा यही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक आगन्तुक मात्र पनि नभई आसपासमा रहेका र छिमेकी जिल्लाबाट समेत विद्यार्थी, शिक्षक, अन्य अभिभावकहरु पनि यो उत्सवको अवलोकन गर्न आए । विद्यार्थीहरुले सिकेको कुरालाई व्यवहारमा उतारेर त्यसको प्रदर्शनी समेत गराउने कामको आगन्तुकहरुले प्रसंशा समेत  गरे । आफ्‌ना विद्यार्थीसँग आउनु भएका आस्था कलेज दमकका प्रिन्सिपल टेकनाथ भण्डारीले ससाना विद्यार्थीले सिर्जना गरेका विज्ञानसम्मत बस्तुहरुको प्रसंशा गर्नुभयो ।

 

विद्यालयमा विद्यार्थी पढ्न जान्छन् । साथसाथै त्यही विद्यालयमा सीप र व्यवहारलाई पनि तिखारिन पाउनु अझ महत्वपूर्ण पक्ष हो । यसको चाँहि परीक्षण कसरी गर्ने ? त्यो निकै महत्वपूर्ण कुरा हो । विद्यालयले विद्यार्थीको सीप र दक्षतालाई समेत आम रुपमा देखाउने गरी गरेको यो अभ्यासको अभिभावकले पनि खुलेर प्रसंशा गरेका छन् ।

 

कक्षा कोठामा पढाउदा कुन विद्यार्थीले कस्तो सिक्यो ? त्यसको परीक्षण गर्न वर्षको अन्तिममा लिइने परीक्षाले नजिता देखाउँछ । त्यहाँ राम्रो अंक ल्याउनेहरुले व्यवहारिक र सीपका कुरा चाँहि कत्तिको सिकिरहेका छन् ? मानवयीता र संवेदनशीलतालाई कसरी बुझिरहेका छन् ? यो कुरा मार्कसिटको कुनै कुनामा लेख्न र राख्न नसकिने भएकोले विद्यार्थीहरुले के जानेका छन्, त्यो आफै बनाउँछन् । अनि देखाउँछन् । अनि आम अभिभावक, अन्य साथी, वा आगन्तुकहरुले केलाई कसरी मन पराईदिनु हुन्छ ? उनीहरु त्यसमा कत्तीको सन्तुष्ट भए ? आफै स्वमूल्यांकन समेत गर्न सकुन् भनेर यसरी खुला रुपमा स्टलनै बनाएर विद्यार्थीको सीप र दक्षताको प्रदर्शन गराइएको विद्यालयका संस्थापक प्रिन्सिपल गुणराज गिरीले जनाउनु भयो ।

 

विद्यार्थीलाई सिर्जनशील बनाउन गरिएको यो प्रयासको विद्यालयले सवत्र प्रसंशा पाएको छ । तर यसलाई अबमा दिन टिकाइराखेर यसखाले कामको निरन्तरता दिन चुनौती पनि थपिएको छ । अनि यसलाई शिक्षाको व्यवहारिक आवश्यकताका हिसाबले अर्को एउटा अवसरको रुपमा विद्यालयले लिन आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा