भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ । आज पत्रकार सम्मेलन गरेर प्रमुख सचेतक थापाले संसद् बन्द भएको छोटो समयमै सरकारले अध्यादेश ल्याउनुको औचित्यमाथि प्रश्न उठाउनु भयो । उहाँले संसद्लाई छल्दै अध्यादेशमार्फत कानुन ल्याउनुको सट्टा विधेयक संसदमा प्रस्तुत गरी छलफलबाट अघि बढाउनुपर्ने बताउनु भयो ।

 

थापाका अनुसार नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर पनि सरकारलाई आवश्यक विधेयक ल्याउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, संसद् सञ्चालनमा रहँदा विधेयक ल्याउनुपर्नेमा सरकारले अध्यादेशको बाटो रोज्नु उचित नभएको उहाँको भनाइ छ ।उहाँले भन्नु भयो, ‘संसद् बन्द भएको एक–डेढ हप्ता पनि भएको छैन, अध्यादेश आयो । हामीले विधेयक ल्याउनुहोस्, हामी सहयोग गर्छौँ भन्दाभन्दै पनि सरकारले अध्यादेश किन ल्याउनुपर्यो भन्ने विषयमा हामी अन्योलमा छौँ ।’थापाले भूमि तथा वनसम्बन्धी अध्यादेशका प्रावधानबारे कांग्रेसले अध्ययन गरिरहेको जानकारी दिइनु भयो ।उहाँले यसअघि वर्तमान पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि यस विषयमा संसदमा संशोधन प्रस्ताव राखेको उल्लेख गर्नु भयो ।

 

अध्यादेशमा के–कस्ता परिवर्तन गरिएका छन्, अघिल्लो सरकार र वर्तमान सरकारले यस विषयलाई कसरी अघि बढाएका छन् भन्नेबारे सर्वसाधारणमा चासो रहेको भन्दै उहाँले त्यसबारे थप जानकारी गराउने बताउनु भयो ।थापाले नेपाली कांग्रेसले यसअघि पनि उक्त विषयलाई दफावार छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेको र अहिले पनि सोही अडानमा रहेको स्पष्ट पार्नु भयो । उहाँले भूमि तथा वनसम्बन्धी विषयमा संसदमा छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने बताउनु भयो ।यसैबीच, थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएपछि पार्टीले महाधिवेशनको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने तयारी गरेको जानकारी दिइनु भयो । पहिलो कार्यसमिति बैठकसमेत बस्न बाँकी रहेको उल्लेख गर्दै उनले विधेयक, अध्यादेश तथा अन्य समसामयिक विषयमा पार्टीका धारणा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै जाने बताइन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि