उखुखेतीबाट लाखौँ आम्दान

 

 

 

 

  झापा : नदीको बगरमा उखुखेती गर्न थालेपछि साँगुरीगढी गाउँपालिका–७ उखुडाँडाका तीर्थबहादुर लिम्बूको दिनचर्या बदलिएको छ।

तमोर नदीको बगरमा उनले उखुखेती गर्दै आएका छन्। बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रूपमा लिम्बू गाउँमै परिचित छन्।

पटकपटक तमोर नदीमा आएको बाढीले उनीसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो। नदीले जग्गा बगाएपछि परिवार पाल्नकै लागि उनीहरूलाई अन्यत्र भौँतारिनुपर्ने बाध्यता थियो तर उखु किसानले आफ्नै मेहनतमा उखुखेतीलाई पटकपटक जीवित बनाउँदै आएका छन्।

‘उखुखेती गरेपछि घरखर्च चलाउनका लागि कतै जानै परेन’, उनले भने, ‘उखुखेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसैलाई नै निरन्तरता दिँदै आएका छौँ।’

धेरैजसो बालुवामा पनि उखुखेती हुन्छ ? भन्दै काम गर्न हच्किन्थे। बालुवामै उखु फलाएर गतिलो आम्दानी लिन थालेपछि नदीले जग्गा बगाएका अरू परिवार पनि उखुखेतीमा आबद्ध भएका छन्।

लिम्बूले भने, ‘उखुखेतीबाटै वार्षिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च कटाएर बचत गर्दै आएका छौँ।’

बढी उत्पादन दिने उखुका नयाँ नयाँ जात खोजी गरी रोप्न थालेपछि आम्दानी पनि वर्षेनि बढ्दै जान थालेको उनको भनाइ थियो।

उनले भने‚ ‘उखुबाट गतिलो आम्दानी मात्रै हात पारेका छैनौँ।’ २१ रोपनी क्षेत्रफलमा लिम्बूले गेमर र पानमारे प्रजातिका उखु लगाएका छन्।

अन्य खेतीभन्दा बढी आम्दानी दिने र बजारको सहज पहुँच भएकाले उखुखेती सजिलो भएको उनको भनाइ छ।

उनले धानखेतीभन्दा उखुखेतीमा नगदी आम्दानी हुने भएपछि धान खेत मासेर उखुखेतीमा लागेको बताए।

लिम्बूसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–७ उखुडाँडाका २५ घर किसान व्यावसायिक उखुखेती गरेर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नरहेकाले यहाँका किसानले उखुखेतीबाट लाखौँ रुपैयाँ आम्दानी लिन थालेका हुन्।

उखुखेतीबाट नगदी आम्दानी हुने भएपछि यहाँका किसानले निर्वाहमुखी खेती छाडेर व्यावसायिक रूपमै उखुखेती गरेका छन्। उखुडाँडाका २५ घर किसान व्यावसायिक उखुखेतीमा संलग्न छन्।

कोशी राजमार्ग निर्माण भएसँगै यो क्षेत्रमा व्यावसायिक उखुखेती विस्तार भएको हो। यहाँ उखु विक्रीबाट वार्षिक १ करोड रुपैयाँभन्दा बढी भित्रने गरेको किसानको भनाइ छ।

उखुडाँडाका किसानले सरकारी निकायको सहयोग र सल्लाह विना नै आफ्नै मेहनतबाट मनग्गे आम्दानी लिन सफल भएको बताएका छन्।

हालसम्म सरकारी निकायले कुनै सहयोग गरेको छैन’, किसान प्रकाश बस्नेतले भने, ‘आफ्नै तरिकाले खेती गर्दै आएका छौँ।’

उखुडाँडाका किसानलाई सडक मार्गबाट नजिक रहेकाले ढुवानीमा खासै खर्च नपर्ने र किसानले उत्पादन गरेको उखु स्थानीय बजारमा नै खपत हुने गरेको किसान बस्नेतले बताए।

किसानले उत्पादन गरेको उखु कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा खण्डको मूलघाटमा सवारीसाधनबाट ओहोरदोहोर गर्ने यात्रु नै मुख्य ग्राहक हुन्।

मूलघाटमा करिब २ दर्जन विक्रेता रहेका छन्। किसानले उखु प्रतिलाख्रा २५ देखि ३५ रुपैयाँसम्म व्यापारीलाई र व्यापारीले प्रतिलाख्रा ५० देखि ७० रुपैयाँमा ग्राहकलाई बेच्दै आएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

दमक,८ वैशाख । निकै भावुक र उत्तेजक नारा ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ । जेन जी आन्दोलनको बेला यूवाहरुको मुख मुखबाट यो नारा बोलीयो

बार्नेटका पूर्व उपमेयरद्धारा जनप्रतिनिधिको संख्या घटाउन सुझाव

काठमाडौँ,८ चैत । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।