पञ्चायत माविमा स्काउट दीक्षान्त समारोह, जिपलाइन खेल खेलाइयो

पथरी, फागुन २५
मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुकालागि दीक्षान्त समारोहको उद्घाटन भएको छ ।

 

पञ्चायत र सुुनाखरी माविमा स्काउट सदस्यहरुकालागि संयुक्त रुपमा दीक्षान्त समारोहको आयोजजा गरी दीक्षित गरिने भएको छ । पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि काफ्‌ले सहितका अतिथिहरुले नेपालको झण्डा र स्काउटको झण्डोतोलन गरिएको थियो ।

 

कार्यक्रममा नगर स्काउटको सदस्य सचिवसमेत रहनुभएका शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नम्बर वडा अध्यक्ष भीमकुमार राई, पेशागत संगठनहरुको तर्फबाट भरतबहादुर खड्का, प्रधानाध्यापकहरुको तर्फबाट हिरक निमाविका प्रधानाध्यापक कविता तिम्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट नगर उपाध्यक्ष रीता धिमाल, अखिल नेपाल शिक्षक संगठनको तर्फबाट तुलसी भट्टराई लगायतको उपस्थिति थियो ।
स्काउट पथरीशनिश्चरे नगरको प्रमुख आयुक्त रोशन बुढाथोकीको कमाण्डमा भएको दीक्षान्त समारोह पञ्चायत माविमा साहसिक खेल ‘जिपाइन’ समेत खेलाइएको छ ।
स्काउटले तयार पारेको जिपलाइन खेल अतिथिहरु नवीन खुलाल बुढाथोकी, भीमकुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई र स्काउट सदस्यहरुलाई खेलाइएको थियो । उद्घाटनपछि जिपलइन खेल, खेलाउनुको साथै राति क्याम फायर लगायतको विभिन्न सांस्कृतिक नृत्य तथा अन्य मनोरञ्नात्मक प्रस्तुति प्रस्तुत भए ।

 

यसअघि ९ नम्बर वडाको सिंहबाहिनी माविमा पनि दुई दिने स्काउट दीक्षान्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा