ऋषि कट्टेल पार्टीबाट निष्कासित

 

 

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भङ्ग गराउने हतियार बनेको नेकपाका अध्यक्ष कट्टेल आफ्नै पार्टीबाट निष्कासित भएका हुन् ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्य समेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका छन् । सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरीत कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले यही माघ ५ गते जाँचबुझ समिति गठन गरी अध्यक्ष कट्टेलसँग स्पष्टीकरण मागेको थियो। तर उनले स्पष्टीकरण दिएनन् । उनै कट्टेलले आफ्नो पार्टी ९नेकपा सँग नाम जुधाएर निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै सर्वोच्च अदालत हालेको मुद्दामा फैसला हुँदा उनको पार्टीलाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भङ्ग गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु