दमक ६ ले युवाहरुलाई हेयर कटिङमा व्यवसाय खोज्न सिकायो

दमक, चैत ७
य’वाहरुलाई कसरी के के प्राविधिक पक्ष सिकाएर रोजगार बनाउन सकिन्छ भन्नेमा दमक नगरका वडाहरु लागिपरेका छन् । यस अन्तर्गत वडा नम्बर ६ ले य’वाहरुकालागि केश काट्ने ४५ दिने ‘हेयर कटिङ’ तालिम सम्पन्न गरेको छ ।

 

प्रोफाइल युनिसेक्स सलुन एण्ड एकेडेमीको प्राविधिक सहयोगमा माघ १३ देखि अघि बढेको तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै ६ नम्बर वडाअध्यक्ष टेकबहादुर थापाले युवाहरु स्वरोजगार बन्नु तालिमको लक्ष्य रहेको जनाउनु भयो । उहाँले उद्यमी बन्नेहरुकालागि वडाले आर्थिक रुपमा केही सघाउने पनि बताउनु भयो ।

 

कार्यक्रममा प्रशिक्षक लक्ष्मी शिवाकोटीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोधसहितको शुभकामना व्यक्त गर्नुभयो ।

 

तालिमका प्रशिक्षार्थीहरुले पनि सिकाई प्रभावकारी भएको र त्यसबाट केही गर्न सक्ने सीप बढेको अनुभव व्यक्त गरेका छन् ।
कार्यक्रममा, तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । वडा कार्यालयको १ लाख रुपैयाँ बजेटमा सञ्चालित सो तालिममा ९ जनाको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले